Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८२ सोमबार | 28th April, 2025 Mon
Investment bank

दम्पती हत्यामा संलग्न पत्ता लगाउन सकस

खबरडबली संवाददाता

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पतीको हत्या भएको आज १७ दिन पुगेको छ । गत चैत २० गतेदेखि प्रहरीले अनुसन्धान गरेको भए पनि अहिलेसम्म घटनामा संलग्न दोषी पत्ता लागेको छैन  । चैत १९ गते सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी ६७ वर्षीय श्रीमती गमला जिसीको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो ।

घटनाको अनुसन्धानका लागि एक सातादेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीसमेत घटनास्थल वरिपरीनै अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा २५ जना प्रहरीको टोली घटनास्थलमै खटिएको छ । 

गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोलीलेसमेत अुनसन्धानलाई तीव्रता दिएको भए पनि दोषी पहिचान गर्न सकस भइरहेको पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पवर्तका प्रहरी प्रमुख भुसालका अनुसार घटनाबारे प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरेको र अब घटनाको तथ्यको नजिक पुग्न थालेको बताए । उनले भने, “प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । सीआईबीको टोली पनि अनुसन्धानमा जुटेको छ ।” उनले थपे, “हत्यारा छिट्टै नै पत्ता लगाइनेछ ।” 

भुसालका अनुसार प्रारम्भिक अनुसन्धान हेर्दा लुटपाटका लागि हत्या भएको हुनसक्ने देखिएको छ । “घटनाको प्रकृति हेर्दा लुटपाटका लागि हत्या भएको देखिन्छ । हत्यामा एकजनाभन्दा धेरै प्रयोग भएको पनि देखिएको छ । त्यसको अनुसन्धान गरिराखेका छौं”, डिएसपी भुसालले भने । अनुसन्धानका क्रममा अहिलेसम्म आफन्तजन, घर वरिपरी र उनीहरूका घरपरिवारसँग जोडिएका सबै गरी दुईसय जनाभन्दा बढीसँग सोधपुछ गरिएको भुसालले बताए । 

दम्पतीको हत्या भएको दुईहप्ता वितिसक्दा पनि हत्यारा पत्ता नलाग्नुले घटना थप रहस्यमय भएको जलजला गाउँपालिका– २ का वडाध्यक्ष प्रकाश जिसीले बताए ।  घरमा ती दम्पतीमात्रै बस्दै आएका थिए । दुई छोरा वैदेशिक रोजगारीका लागि कोरिया र अर्का छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएकाम थिए ।

उनीहरूको हत्या योजनावद्ध र पेशेवर चोरबाटै भएको जस्तो प्रकृतिको रहेको पनि प्रहरीले जनाएको छ । साथमा मोबाइललगायत अन्य कुनैपनि उपकरण नबोक्नु, दम्पतीको हत्या गर्न घरेलु हतियार र काठ प्रयोग गरेको देखिनु जस्ता कुराले घटना रहस्यमय बनेको छ । 

जिसी दम्पतीले पोखरामा जग्गा किन्न भन्दै सहकारीबाट ऋण लिएर घरमा राखेको हुनसक्ने आशङ्कामा लुटपाटकै लागि हत्या गरिएको देखिन्छ, भने उनीहरूको लगाएका गर गहनासमेत लुटिएको छ । “कुनै कुनै घटनाका दोषी पत्ता लगाउन लामो समय लाग्नसक्छ, हामी तथ्यको नजिक पुग्दैछौँ, केही दिनमा सफलता मिल्नेमा आशावादी छौं”, उनले भने । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रति निजामती सेवामा शाखा अधिकृत हित संरक्षण अभियानको आपत्

काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न ब...

पत्रकार कार्की माथी हमला गर्नेलाई कारबाही गर्न प्रेस सेन्टरकाे माग

काठमाडौं । प्रेस सेन्टर नेपालले आज प्रहरी–शिक्षक झडपमा घाइते भएकी पत्रकार सबिना कार्की माथी भएको घटनाको छानबिन गर्न माग गरेको छ। काठमाडौंको नयाँ बानेश...

शिक्षा विधेयकका १६३ वटा दफामध्ये १२७ वटामा सहमति भइसक्योः सांसद विश्वकर्मा

काठमाडौं । नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयकका १६३ वटा दफामध्ये १२७ वटा दफाहरुमा सहमति भइसकेको बताएका छन् । आईतवार संस...

हेटौँडाबाट खैरो हिरोइनसहित तीन जना पक्राउ

मकवानपुर  । मकवानपुर प्रहरीले हेटौंडाबाट अवैध लागूऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। त्रिभुवन राजपथअन्तर्गत हेटौंडा १ चौकी टोलबाट अटोमा ल्...

सरकारी वकिलको कार्यालयबाटै हतकडीसहित थुनुवा फरार

कैलाली । मानव बेचबिखनको आरोपमा पक्राउ परेकी टीकापुर नगरपालिका–१ की ५० वर्षीया मीना शाही दमाई आज हतकडीसहित फरार भएकी छन्। मानब बेचबिखन मुद्दामा पुनः...

टिकटक बनाउन बोलाएर १४ वर्षीय बालकको गोली हानी हत्या

रौतहट । टिकटक बनाउने बहानामा बोलाएर रौतहटमा एक जना बालकको गोली हानी हत्या गरेको पाइएको छ ।  १४ वर्षीय बालकलाई टिकटिक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँ...

संखुवासभामा ७२ वर्षीय वृद्धको हत्या

 संखुवासभा । संखुवासभाको खाँदबारीमा वृद्धको हत्या भएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको सुतिरहेकै स्थानमा हत्या भएको ...

गर्भावस्थामा यौनसम्पर्क गर्नु सुरक्षित कि जोखिम

गर्भावस्था महिलाका लागि जीवनको सबैभन्दा विशेष र सुन्दर, तर संवेदनशील समय हो । यस समयमा मन र शरीरमा धेरै परिवर्तनहरू हुन्छन् । यी परिवर्तनका बीचमा गर्भ...

गर्भावस्थामा यौनसम्पर्क गर्नु सुरक्षित कि जोखिम

गर्भावस्था महिलाका लागि जीवनको सबैभन्दा विशेष र सुन्दर, तर संवेदनशील समय हो । यस समयमा मन र शरीरमा धेरै परिवर्तनहरू हुन्छन् । यी परिवर्तनका बीचमा गर्भ...

पार्टी सुदृढ बनाउन जनताको बिचमा पुगेका छौँः अध्यक्ष प्रचण्ड

बाँके । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ बनाउन आफूहरू जनताको बिचमा पुगेको बताएका छन् । आ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending