एजेन्सी । अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले मस्कोमा दुई सय ३५ अस्ट्रेलियालीलाई अनिश्चितकालका लागि प्रवेशमा रोक लगाएको छ ।
युक्रेनमा रुसको आक्रमणको निन्दा गर्नका लागि सक्रियरूपमा आफ्नो मुलुकमा रुसविरोधी एजेन्डालाई बढावा दिइरहेका ती अस्ट्रेलियालीहरू नागरिक परिषद्का सदस्य भएको मस्कोले बताएको छ ।
“सामूहिक पश्चिमको रुसोफोबिक अभियानको हिस्साका रूपमा अस्ट्रेलिया सरकारले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमाथि लगाएको राजनीतिकरूपले प्रेरित प्रतिबन्धको जवाफमा सक्रियरूपमा हाम्रो मुलुकमा रुसविरोधी एजेन्डालाई बढावा दिइरहेका दुई सय ३५ अस्ट्रेलियाली नगरपालिकाका सदस्यहरूलाई रुसमा प्रवेश गर्न अनिश्चितकालका लागि अस्वीकार गर्ने निर्णय गरिएको छ”, रुसको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।
यसका साथै यी अस्ट्रेलियालीमा पूर्व भिक्टोरियाली प्रधानमन्त्री ड्यानियल एन्ड्र्युज र भिक्टोरियाली विपक्षी नेता जोन पेसुट्टो पनि रहेका छन् । विज्ञप्तिअनुसार अब यी अस्ट्रेलियालीलाई रुसी सङ्घ प्रवेशमा वञ्चित गरिएको छ ।
क्यानबेराले आफ्नो रुसविरोधी धारणा त्याग्ने र नयाँ प्रतिबन्ध जारी राख्नेबारे कुनै सङ्केत नदेखाएकाले मन्त्रालयले अस्ट्रेलियालीहरूको सूची थप अद्यावधिक गर्ने जनाएको छ ।
सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेपछि धेरै मुलुकले रुसी व्यक्ति र संस्थाहरूमाथि प्रतिबन्ध जारी गरेका छन् र रुससँग आयात तथा निर्यातमा प्रतिबन्ध लगाएका छन् ।
युक्रेनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि रुसी खतराको जवाफमा अस्ट्रेलियाले रुसका सम्बन्धमा प्रतिबन्धहरू लगाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: