Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

खोटो सिक्काले भ्रममा राखेर बजार कब्जा गर्न खोज्यो:कांग्रेस नेता महर

खबरडबली संवाददाता

बझाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस लोकतन्त्रको सक्कली सिक्का भएकाले नक्कली सिक्काहरू परास्त हुँदै जाने बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति बझाङले आयोजना गरेको बझाङ प्रदेश सभा (क) उपनिर्वाचन लक्षित अन्तक्रियालाई सम्बोधन गर्दै नेता महरले नक्कली सिक्काले भ्रममा राखेर सक्कली सिक्कालाई बजारबाट विस्तापित गर्छु भनेर सोच्नु दिवा सपनामात्रै हुने बताए ।

'नक्कली सिक्काले भ्रममा राखेर सक्कली सिक्कालाई बजारबाट विस्तापित गर्न खोज्छ । अहिले नेपालमा पनि नक्कली लोकतन्त्रवादीहरूले लोकतन्त्रको खोल ओडेर लोकतान्त्रिक पद्धतिमाथि कब्जागर्न खोजेका छन् । उनीहरूले जनतालाई भ्रममा राखेर नेपालको लोकतान्त्रिक पद्धतिमाथि चुनौति खडा गर्न खोजेको देखिन्छ । यस्ता लोकतन्त्रका नक्कली सिक्का आफैँ खुइलिएर र विस्तापित भएर जानेछन्,' उनले भने ।

लोकतन्त्रमा च्याँखे थापेर रंगोली मनाउने नक्कली सिक्कालाई परास्त गर्न जनतासँग महरको अपिल छ । 'कम्युनिस्ट र नयाँ शक्तिका नाममा उदाएका दलहरू भ्रममा बाचिरहेका छन् । उनीहरूले लोकतन्त्रलाई कमजोर तुल्याउन विभिन्न षडयन्त्र गरिरहेका छन् । जनतालाई भ्रममा राखेर शासन कमजोर तुल्याइ आफू अनुकूल चलाउन खोज्नेहरू अहिले सत्तामा छन् । विभिन्न महा काण्डमा मुछिएका मन्त्रीहरूले मुलुक र शासन कमजोर भए आफूहरू चलखेल गर्न पाउँछौं सोचिरहेका छन्,' महरले भने, 'अब त्यो कपटपूर्ण षडयन्त्र धेरै दिन टिक्दैन । जनतामा दूध र पानीलाई छुट्याउन सक्ने क्षमता छ । हामी जनतालाई भ्रममा राख्न दिँदैनौं ।'

गलत प्रवृत्तिलाई कमजोर तुल्याएर लोकतन्त्रको जगलाई थप बलियो बनाउन उपनिर्वाचनमा कांग्रेसलाई मतदान गर्न महरले आग्रह गरे । 'गलत प्रवृत्तिलाई साथ नदिऔं । अब गलत प्रवृत्तिको पर्दाफास गरेर कांग्रेसलाई विजयी गराएर लोकतन्त्रको जग बलियो बनाऔं,' उनले भने ।

त्यसका लागि पूर्वको इलाम र सुदूरपश्चिमको बझाङबाट कांग्रेस उम्मेदवारलाई विजयी गराएर लोकतन्त्रको पक्षमा उभिन महरले जनतासँग अपिल गरेका छन् । नेपालमा लोकतन्त्रवादी बलिया छन् र लोकतन्त्रको जग कसैले हल्लाउन सक्दैन भन्ने सन्देश यही उपनिर्वाचनबाट जनताले दिनुपर्ने उनको धारणा छ ।

'लोकतन्त्रको जगमाथि दोहोरो प्रहार भइरहेको छ । नयाँ र पुराना राजनीतिक दलले कांग्रेसलाई एक्लाउँदै भ्रमको कुण्डली निर्माण गरिरहनु भएको छ । यो धेरै दिन टिक्ने छैन् । हामीले नचलाउँदै खरानीको घर जस्तो भ्रमको जग आफैँ गरल्याम्म ढल्ने छ । लोकतन्त्रका नक्कली सिक्काहरू विस्तापित हुँदै जानेछन्,' महरले भने ।

कांग्रेसले अब २०८४ सम्म जनताको साथमा रहेर सशक्त प्रतिपक्षी दलको भूमिका निर्वाह गर्नुपर्ने महरको धारणा छ । जनताको आकांक्षालाई पुरा गरेर लोकतन्त्रको गजलाई बलियो बनाउने अभिभारा कांग्रेसको भएकाले यसप्रति पार्टी थप जिम्मेवार हुनुपर्ने उनले बताए ।

देश निर्माणका लागि विदेशीरहेका युवाहरूलाई स्वदेशमै रोक्न वातावरण बनाउन आवश्यक भएको  र त्यसको नेतृत्व कांग्रेसले गर्ने महरको भनाई छ । उनले सबैको साझा प्रयासबाटमात्र मुलुक समृद्ध हुने बताए । समृद्धिका लागि लोकतन्त्रको जित हुनुपर्ने र त्यसका लागि कांग्रेसको विजय अतिआवश्यक रहेको उनले औंल्याए ।

कार्यक्रममा कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कांग्रेस नेता प्रकाश स्नेही, पूर्वमन्त्री नरेश बहादुर सिंह, नेता डा. सुरेश मल्ल, कांग्रेस बझाङ सभापति खडक बोहरालगायतले आफ्नो धारणा राखेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending