कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को हालसम्म रु एक करोड ९३ हजार छ सय २८ राजस्व सङ्कलन गरेको छ ।
नगरपालिकाको राजस्व शाखाका प्रमुख लोकराज भट्टका अनुसार सम्पत्ति करबाट रु १० लाख दुई सय ८१, भूमिकर रु १४ लाख १४ हजार नौ सय ६३, बहाल कर रु १५ लाख ५९ हजार एक सय ५९, बहाल विटौरी कर रु दुई लाख ४८ हजार सात सय ७७, व्यवसाय कर रु १२ लाख पाँच हजार नौ सय ६१ राजस्व सङ्कलन भएको छ ।
यसैगरी, अन्य करबापत रु ६२ हजार छ सय ५६, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय रु दुई लाख ३१ हजार सात सय ५०, रोयल्टीबापत रु एक लाख ३० हजार एक सय ४२, अन्य सेवा शुल्क रु चार हजार २०, न्यायिक दस्तुर रु तीन हजार, नक्सापास दस्तुर रु तीन लाख २१ हजार तीन सय ८०, सिफारिस रु १८ लाख दुई सय ८७ राजस्व सङ्कलन भएको छ ।
योसँगै व्यक्तिगत घटना दर्ता दस्तुर रु चार लाख एक हजार तीन सय १०, नाता प्रमाणित दस्तुर रु ३६ हजार पाँच सय ४८, अन्य दस्तुर रु आठ लाख ८७ हजार छ सय ३६, प्रशासनिक दण्ड जरिवानाबापत रु दुई लाख ५५ हजार, अन्य राजस्व रु दुई लाख ३४ हजार छ सय ३३ र बेरुजुबापत रु दुई लाख ९६ हजार एक सय २५ राजस्व सङ्कलन भएको छ ।
सङ्कलित राजस्वमा नगरपालिकाका १२ वटै वडाबाट रु ४२ लाख ४९ हजार चार सय ९२ र नगरपालिका कार्यालयबाट रु ५८ लाख ४४ हजार एक सय ३६ रकम रहेको शाखा प्रमुख भट्टको भनाइ छ । करका दायरा फराकिलो बनाउँदै राजस्व सुधार कार्ययोजना तयार गरी आन्तरिक आय वृद्धि गर्न विशेष अभियान सञ्चालन गरिन लागेको शाखा प्रमुख भट्टले बताए ।
“नगरभित्र रहेका दिगो र भरपर्दो कर योग्य क्षेत्रको पहिचान गरी करदाता अनुकूल कर निर्धारण गरेर करको दायरा फराकिलो बनाउन आगामी योजनामा समावेश गर्दैछौँ”, नगर उपप्रमुख कल्पना पन्तले भनिन्, “वडास्तरबाटै सम्पूर्ण कर विद्युतीय प्रणालीमार्फत सङ्कलन गरिने व्यवस्था गर्दैछौँ ।”
कर प्रणालीलाई सरल, सहज, नागरिकमैत्री बनाइने उल्लेख गर्दै उनले प्रत्येक वडामा कर अभियान सञ्चालन गरी कर सङ्कलनमा सहजता ल्याइने बताइन् । नगरपालिको आन्तरिक आय न्यून भएकाले नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) वन पैदावरजन्य प्राकृतिक स्रोतको बिक्रीवितरणबाट राजस्व अभिवृिद्ध गर्न रणनीतिकरुपमा अगाडि बढ्ने योजना रहेको चर्चा गर्दै उनले नगरपालिका क्षेत्रमा सञ्चालित व्यवसायलाई करको दायरामा ल्याउने नीति अवलम्बन गरिने बताइन् ।
उनका अनुसार करको दायरामा परी कर तिर्न अटेर गर्नेलाई दण्ड जरिवाना तथा नियमित कर तिर्नेलाई सम्मान तथा पुरस्कृत हुने व्यवस्था मिलाइनेछ । व्यवसाय दर्ता गरेर लामो समयबाट सञ्चालनमा नरहेका अवस्थाका व्यवसायीको लगत लिइ व्यवस्थापन गरिनेछ ।
राजस्व सुधार कार्ययोजनालाई कार्यान्वयन गर्दै राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै उनले आन्तरिक राजस्व वृद्धिमा उल्लेख्य योगदान गर्ने कर्मचारी र करदातालाई सम्मान र पुरस्कृत गर्ने व्यवस्था गरिने बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: