कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को हालसम्म रु एक करोड ९३ हजार छ सय २८ राजस्व सङ्कलन गरेको छ ।
नगरपालिकाको राजस्व शाखाका प्रमुख लोकराज भट्टका अनुसार सम्पत्ति करबाट रु १० लाख दुई सय ८१, भूमिकर रु १४ लाख १४ हजार नौ सय ६३, बहाल कर रु १५ लाख ५९ हजार एक सय ५९, बहाल विटौरी कर रु दुई लाख ४८ हजार सात सय ७७, व्यवसाय कर रु १२ लाख पाँच हजार नौ सय ६१ राजस्व सङ्कलन भएको छ ।
यसैगरी, अन्य करबापत रु ६२ हजार छ सय ५६, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय रु दुई लाख ३१ हजार सात सय ५०, रोयल्टीबापत रु एक लाख ३० हजार एक सय ४२, अन्य सेवा शुल्क रु चार हजार २०, न्यायिक दस्तुर रु तीन हजार, नक्सापास दस्तुर रु तीन लाख २१ हजार तीन सय ८०, सिफारिस रु १८ लाख दुई सय ८७ राजस्व सङ्कलन भएको छ ।
योसँगै व्यक्तिगत घटना दर्ता दस्तुर रु चार लाख एक हजार तीन सय १०, नाता प्रमाणित दस्तुर रु ३६ हजार पाँच सय ४८, अन्य दस्तुर रु आठ लाख ८७ हजार छ सय ३६, प्रशासनिक दण्ड जरिवानाबापत रु दुई लाख ५५ हजार, अन्य राजस्व रु दुई लाख ३४ हजार छ सय ३३ र बेरुजुबापत रु दुई लाख ९६ हजार एक सय २५ राजस्व सङ्कलन भएको छ ।
सङ्कलित राजस्वमा नगरपालिकाका १२ वटै वडाबाट रु ४२ लाख ४९ हजार चार सय ९२ र नगरपालिका कार्यालयबाट रु ५८ लाख ४४ हजार एक सय ३६ रकम रहेको शाखा प्रमुख भट्टको भनाइ छ । करका दायरा फराकिलो बनाउँदै राजस्व सुधार कार्ययोजना तयार गरी आन्तरिक आय वृद्धि गर्न विशेष अभियान सञ्चालन गरिन लागेको शाखा प्रमुख भट्टले बताए ।
“नगरभित्र रहेका दिगो र भरपर्दो कर योग्य क्षेत्रको पहिचान गरी करदाता अनुकूल कर निर्धारण गरेर करको दायरा फराकिलो बनाउन आगामी योजनामा समावेश गर्दैछौँ”, नगर उपप्रमुख कल्पना पन्तले भनिन्, “वडास्तरबाटै सम्पूर्ण कर विद्युतीय प्रणालीमार्फत सङ्कलन गरिने व्यवस्था गर्दैछौँ ।”
कर प्रणालीलाई सरल, सहज, नागरिकमैत्री बनाइने उल्लेख गर्दै उनले प्रत्येक वडामा कर अभियान सञ्चालन गरी कर सङ्कलनमा सहजता ल्याइने बताइन् । नगरपालिको आन्तरिक आय न्यून भएकाले नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) वन पैदावरजन्य प्राकृतिक स्रोतको बिक्रीवितरणबाट राजस्व अभिवृिद्ध गर्न रणनीतिकरुपमा अगाडि बढ्ने योजना रहेको चर्चा गर्दै उनले नगरपालिका क्षेत्रमा सञ्चालित व्यवसायलाई करको दायरामा ल्याउने नीति अवलम्बन गरिने बताइन् ।
उनका अनुसार करको दायरामा परी कर तिर्न अटेर गर्नेलाई दण्ड जरिवाना तथा नियमित कर तिर्नेलाई सम्मान तथा पुरस्कृत हुने व्यवस्था मिलाइनेछ । व्यवसाय दर्ता गरेर लामो समयबाट सञ्चालनमा नरहेका अवस्थाका व्यवसायीको लगत लिइ व्यवस्थापन गरिनेछ ।
राजस्व सुधार कार्ययोजनालाई कार्यान्वयन गर्दै राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै उनले आन्तरिक राजस्व वृद्धिमा उल्लेख्य योगदान गर्ने कर्मचारी र करदातालाई सम्मान र पुरस्कृत गर्ने व्यवस्था गरिने बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: