काठमाडौं। कतारका राजा शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौं सिँगारिएको छ। कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ।
काठमाडौं महानगरपालिकाले राजधानीका विभिन्न स्वागतद्वारा निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कतारका अमिरको स्वागतका लागि महानगरपालिकाले सडक सौन्दर्य, सरसफाइ, हरियाली कायम राख्नेदेखि शान्तिसुरक्षामा समेत व्यवस्थापकीय काम गरेको बताए।
“काठमाडौँ महानगरपालिकाले कतारका राजाको नेपाल भ्रमणका सन्दर्भमा हामीले गर्दै आएको काम थप प्रभावकारी बनाएका छौँ, सरसफाइ, स्वागतद्वार, साजसज्जाका साथ नगरप्रहरीहरु परिचालनमा विशेष ध्यान दिएका छौँ”, उनले भने।
काठमाडौंका विभिन्न सडक चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ । स्वागतद्वारामा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरको तस्बिर अंकित ब्यानर राखिएको छ। उक्त ब्यानरमा जीवित देवी कुमारीले नमस्कार गरेको तस्बिर पनि आकर्षकरुपमा सजाइएको छ । उपत्यकाका संस्कृति परम्परा झल्कने विभिन्न तस्बिर अंकित ब्यानरले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ।
‘कतारका मौसुफलाई हार्दिक स्वागत छ, कतारका अमिर र विशिष्ठ पाहुनालाई हार्दिक स्वागत छ’ जस्ता ब्यानरले काठमाडौंको सडक सजिएका छन्। विशिष्ठ पाहुना आवतजावत गर्ने सडकमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ। प्रत्येक स्वागतद्वारमा सुरक्षाकर्मीले पहरा दिइरहेका छन्।
विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवास, राजा बस्ने पाँचतारे सोल्टी होटल, कार्यक्रम हुने स्थल द्वारिकाज होटलसम्मको सडक चिटिक्क पारिएको छ। काठमाडौं महानगरपालिका, गैरआवासीय नेपाली सङ्घ र नेपालस्थित कतार राजदूतावासले कतारका अमिरको भव्य स्वागतका लागि स्वागतद्वार निर्माण गरेका छन्।
सरकारले कतारका अमिरबाट हुने नेपालको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्नुहुने नेपालको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३२ गते, २०८२ - १७:०३
रौतहट । रौतहटको वृन्दावन नगरक्षेत्र अन्तर्गत खेतबाट बाटोमा चढाउन खोज्दा ट्याक्टरको अगाडिको भाग उठी च्यापिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वृ...
जेष्ठ ३२ गते, २०८२ - १७:०१
ललितपुर । विश्व रक्तदाता दिवस २०२५ को अवसरमा ललितपुर जिल्लाको लगनखेल बसपार्कमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । स्व...
जेष्ठ ३२ गते, २०८२ - १६:५५
सुर्खेत । जाजरकोटका व्यापारीहरूले महिनामा दुई दिन बजार बन्द गरेर फुर्सद पाउने भएका छन्। उद्योग वाणिज्य संघ जाजरकोटले गरेको निर्णयअनुसार अबदेखि हरेक म...
जेष्ठ ३२ गते, २०८२ - १६:५२
काठमाडौं । गायक युवराज छन्त्यालले नयाँ गीतको भिडियो रिलिज गरेका छन् । उनले ‘किन पीर मान्छौँ’बोलको गीतको भिडियो रिलिज गरेका हुन् । यस गीतमा उनलाई लोकप्...
जेष्ठ ३२ गते, २०८२ - १६:१३
काठमाडौं । चर्चित गायक तथा संगीतकार डी।बी। गुरुङको आवाजमा ‘मन चोर्नेलाई कहाँ दिउँ उजुरी’ बोलको मौलिक कौडा गीतको भिडियो सार्वजनिक भएको छ । यस अगाडि सयौ...
जेष्ठ ३२ गते, २०८२ - १६:०९
रौतहट । नेपाल भारत सीमा संयुक्त समन्वय समिति (Border District Coordination Committee - BDCC) को नियमित बैठक शुक्रबार साँझ सर्लाहीको हरिवनमा संपन्न भएक...
जेष्ठ ३२ गते, २०८२ - १५:४१
धनकुटा । धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महालक्ष्मी नगरपालिरा ९ मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम...
जेष्ठ ३२ गते, २०८२ - १५:३९
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २०८४ को चुनावमा पार्टीले बहुमत नल्याए देश थप संकटमा फस्ने बताएका छन् । पार...
जेष्ठ ३२ गते, २०८२ - १५:३४
सिरहा । सिरहामा पछिल्लो समय सामुदायीक वन तथा ऐलानी जग्गाहरुमा वनका कर्मचारीहरुकै सेटिङमा अवैध रुपमा ग्राभेल उत्खनन गरिरहेको पाइएको छ। ऐलानी तथा सा...
जेष्ठ ३२ गते, २०८२ - १५:३४
सिरहा । सिरहामा पछिल्लो समय सामुदायीक वन तथा ऐलानी जग्गाहरुमा वनका कर्मचारीहरुकै सेटिङमा अवैध रुपमा ग्राभेल उत्खनन गरिरहेको पाइएको छ। ऐलानी तथा सा...
प्रतिकृया लेख्नुहोस्: