सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज आगलागी भएको छ । आगलागीबाट रु ५० लाखभन्दा बढीको क्षति भएको छ ।
स्थानीय जियान्दन मेहताको घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगो उहाँका छिमेकी रामदेव मेहताको घरमा राखिएको परालमा सल्केपछि अन्य १५ घर जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
आगलागीबाट महेन्द्र मेहताका १० वर्षीय छोरा घाइते भएका छन् । उनको इनरुवा अस्पतालमा उपचार भइरहेको छ ।आगोले शिशौ टोलका सात परिवारको घरमा रहेको खाद्यान्न, लत्ताकपडा र नगद जलेर नष्ट भएको छ ।
आगोबाट भएको क्षतिको थप विवरण सङ्कलन भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले आगो निभाएका थिए । आगो निभाउन सात दमकल प्रयोग गरिएको थियो । आगलागीबाट सबै सामान जलेर नष्ट भएपछि पीडितको बिचल्ली भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १ गते, २०८१ - २०:५०
म्याग्दी । हिउँदको समय सकिन अब करिब तीन साता मात्रै बाँकी छ । बितेको हिउँदे पाँच महिनामा हिमपात र वर्षा नहुँदा गम्भीर वातावरणीय असर देखिन थालेका छन् ।...
फाल्गुन १ गते, २०८१ - २०:३४
रुपन्देही । रुपन्देहीमा आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिका वडा नं १ सुन्दर टोलकी ४५ वर्षीया आमा पार्वती परियारको...
फाल्गुन १ गते, २०८१ - २०:२६
खाेटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङकाे जिल्ला सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित भएका छन् । पाँच कार्यकाल जिल्ला सभापति सम्हालिसकेका अर्...
फाल्गुन १ गते, २०८१ - २०:१२
काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढी अनलाइन घटना (साइबर हिंसा तथा अपराध) सामाजिक सञ्जाल फेसबुकबाट भइरहेको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा ६३५ ज...
फाल्गुन १ गते, २०८१ - २०:०७
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले शिक्षा नीति बहसअन्तर्गत तरुण विमर्श गरेको छ । केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्वको शिक्षा विभागले आज ...
फाल्गुन १ गते, २०८१ - १९:४४
काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने बताएका छन् । ३०औं ...
फाल्गुन १ गते, २०८१ - १९:३७
बर्लिन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीमा वार्ता सुरु गर्न सहमत भएपछि जर्मन चान्सलर ओलाफ स्कोल्जले ...
फाल्गुन १ गते, २०८१ - १९:३२
कायरो । यो सप्ताहन्तमा बन्धक–कैदी आदानप्रदान योजना अनुसार अगाडि बढ्ने सुनिश्चित गर्न इजरायल–हमास युद्धविराम जोगाउने प्रयासमा प्रगति भएको वार्तासँग नजि...
फाल्गुन १ गते, २०८१ - १९:२९
भारत । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी पक...
फाल्गुन १ गते, २०८१ - १९:१९
ढाका । बङ्गलादेशको अन्तरिम सरकारले राज्य प्रणालीमा महत्त्वपूर्ण सुधार ल्याउने उद्देश्यले राष्ट्रिय सहमति आयोग गठन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्ल...
प्रतिकृया लेख्नुहोस्: