Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

पोखरामा महिला क्रिकेट विकास गर्न अन्तर विद्यालय प्रतियोगिता

खबरडबली संवाददाता

कास्की । पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट क्रिकेट खेल विकास तथा विद्यालयबाट  प्रतिभाको खोजीका लागि महानगरले पहिलोपटक अन्तर सामुदायिक विद्यालय टि–२० छात्रा क्रिकेट प्रतियोगिता गर्नेभएको छ । 

महानगर खेलकुद विकास समितिको आयोजनामा यही वैशाख १५ देखि २१ गतेसम्म पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा महानगरस्तरीय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

प्रतियोगिताको संयोजन पोखरा महानगर क्रिकेट सङ्घले गरेको छ । सन् २०२७ को टि ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई क्रिकेटका माध्यमबाट परिचित गराउने लक्ष्य राखिएको छ । 

प्रतियोगितामा महानगरभित्र रहेका नौ वटा सामुदायिक विद्यालयले सहभागिता जनाएको महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले बताए । उनले भने, “महिला क्रिकेटलाई प्राथमिकतामा राख्दै ग्रास रुटबाट क्रिकेट विकास गर्न तथा विद्यालयबाट देशका लागि आवश्यक क्षमतावान् प्रतिभाको खोजी गर्नेछौँ ।”

पोखराका त्रिभुवन शान्ति मावि, बाराही, सिद्ध, कालिका, जनप्रकाश, भद्रकाली, अमरसिँह, छोरेपाटन र सिर्जना माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । महानगर क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्र पुनले सहभागी टिमलाई तीन समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी विद्यालयले कम्तीमा पनि दुई खेल खेल्न पाउने छन् । 

लिग चरणमा शीर्ष स्थान हासिल गर्ने हरेक समूहबाट एक विद्यालय सेमिफाइनल प्रवेश गर्नेछ । शीर्ष तीन मध्ये उच्च रनरेट प्राप्त टिम सिधै फाइनलमा पुग्नेछ । प्रतियोगिताका विजेता तथा उपविजेता टिमले ट्रफी, मेडल प्रमाणपत्र पुरस्कार पाउनेछन् । यसैगरी हरेक खेलमा ‘उमन अफ द म्याच’, ‘मन अफ द सिरिज’, ‘बेष्ट व्याट्सउमन’, ‘बेष्ट बलर’ लगायतलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने अध्यक्ष पुनले जानकारी दिए । 

कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिताबाट राम्रो खेलाडी पहिचान र उत्पादन हुने बताए । उनले सामुदायिक विद्यालयमा खेलकुदमा लगानी न्यून भएको अवस्थामा यस प्रतियोगिताबाट खेलकुदलाई महत्व दिएर लगानी वृद्धि गर्न सहयोग पुग्ने बताए । 

“अन्तर विद्यालय छात्रा क्रिकेट आयोजना गर्नु राम्रो सुरुआत हो । यसले ग्रासरुटबाट महिला खेलाडी उत्पादनमा सहयोग पुग्नेछ ।” अध्यक्ष सिग्देलले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE