Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

पोखरामा महिला क्रिकेट विकास गर्न अन्तर विद्यालय प्रतियोगिता

खबरडबली संवाददाता

कास्की । पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट क्रिकेट खेल विकास तथा विद्यालयबाट  प्रतिभाको खोजीका लागि महानगरले पहिलोपटक अन्तर सामुदायिक विद्यालय टि–२० छात्रा क्रिकेट प्रतियोगिता गर्नेभएको छ । 

महानगर खेलकुद विकास समितिको आयोजनामा यही वैशाख १५ देखि २१ गतेसम्म पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा महानगरस्तरीय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

प्रतियोगिताको संयोजन पोखरा महानगर क्रिकेट सङ्घले गरेको छ । सन् २०२७ को टि ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई क्रिकेटका माध्यमबाट परिचित गराउने लक्ष्य राखिएको छ । 

प्रतियोगितामा महानगरभित्र रहेका नौ वटा सामुदायिक विद्यालयले सहभागिता जनाएको महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले बताए । उनले भने, “महिला क्रिकेटलाई प्राथमिकतामा राख्दै ग्रास रुटबाट क्रिकेट विकास गर्न तथा विद्यालयबाट देशका लागि आवश्यक क्षमतावान् प्रतिभाको खोजी गर्नेछौँ ।”

पोखराका त्रिभुवन शान्ति मावि, बाराही, सिद्ध, कालिका, जनप्रकाश, भद्रकाली, अमरसिँह, छोरेपाटन र सिर्जना माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । महानगर क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्र पुनले सहभागी टिमलाई तीन समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी विद्यालयले कम्तीमा पनि दुई खेल खेल्न पाउने छन् । 

लिग चरणमा शीर्ष स्थान हासिल गर्ने हरेक समूहबाट एक विद्यालय सेमिफाइनल प्रवेश गर्नेछ । शीर्ष तीन मध्ये उच्च रनरेट प्राप्त टिम सिधै फाइनलमा पुग्नेछ । प्रतियोगिताका विजेता तथा उपविजेता टिमले ट्रफी, मेडल प्रमाणपत्र पुरस्कार पाउनेछन् । यसैगरी हरेक खेलमा ‘उमन अफ द म्याच’, ‘मन अफ द सिरिज’, ‘बेष्ट व्याट्सउमन’, ‘बेष्ट बलर’ लगायतलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने अध्यक्ष पुनले जानकारी दिए । 

कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिताबाट राम्रो खेलाडी पहिचान र उत्पादन हुने बताए । उनले सामुदायिक विद्यालयमा खेलकुदमा लगानी न्यून भएको अवस्थामा यस प्रतियोगिताबाट खेलकुदलाई महत्व दिएर लगानी वृद्धि गर्न सहयोग पुग्ने बताए । 

“अन्तर विद्यालय छात्रा क्रिकेट आयोजना गर्नु राम्रो सुरुआत हो । यसले ग्रासरुटबाट महिला खेलाडी उत्पादनमा सहयोग पुग्नेछ ।” अध्यक्ष सिग्देलले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending