काठमाडौं । नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लबले फाइनलको यात्रा तय गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिस क्लबले आर्मी क्लबलाई ३–१ सेटले पराजित गरेको हो । जितसँगै पुलिसले ६ अङ्क बटुलेको छ । पराजित भएको आर्मी प्रतियोगिताबाट बाहिरिएको छ ।
खेलको पहिलो सेटमा पुलिस २५–१९ अङ्कले विजयी भयो । पुलिसले दोस्रो सेट १७–२५ अङ्कले गुमाउन पुग्यो । तेस्रो सेटमा पुलिस क्लब २५–१५ अङ्कले विजयी भयो । निर्णायक सेटमा पनि पुलिस क्लबले आर्मीलाई २५–१३ अङ्कले हरायो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त प्रयोगिताको विजेता टोलीले रु चार लाख ९९ हजार तथा उपविजेता टोलीले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख २५ हजार र चौथो हुने टोलीले रु ६२ हजार पुरस्कार प्राप्त गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८१ - २१:००
काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा गतिबिधिप्रति असहमति जनाएको छ । कांग्रेसले आज...
बैशाख २४ गते, २०८१ - २०:४५
महोत्तरी । ५० केजी गाँजासहित महोत्तरी प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेट ४३ एवी ५६६ नम्बरको सेतो रङ्गको कारको पछ...
बैशाख २४ गते, २०८१ - २०:४२
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव सुब्बालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । जग्गा नामसारी गर्न सहजीकर...
बैशाख २४ गते, २०८१ - २०:२३
काठमाडौं । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण भएको छ । मन्त्रालयले आज विज्...
बैशाख २४ गते, २०८१ - २०:१३
डोटी । डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको क्षति भएको छ । आदर्श गाउँपालिका–३ भकुण्डाका तुलाराम भट्टको घरमा आगलागी भएको हो । २ तले ४ कोठे ढ...
बैशाख २४ गते, २०८१ - २०:००
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा यहाँको जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न ...
बैशाख २४ गते, २०८१ - १९:३९
बागमती । बागमती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्व विहीन छन् । समितिमा सभापति चयन हुन नसक्दा महत्व मानिएको ती समितिहरुको का...
बैशाख २४ गते, २०८१ - १९:३४
काठमाडौं । अर्थमन्त्री वर्षामान पुनले अबका दिनमा करका दर निर्धारण औचित्यपूर्ण हुने बताएका छन् । लोकान्तर डट कमको आठौँ वार्षिकोत्सवका अवसरमा आज आयो...
बैशाख २४ गते, २०८१ - १९:३०
एजेन्सी । रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको मृत्यु र ३० भन्दा धेरै घाइते भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पश्चिमी...
बैशाख २४ गते, २०८१ - १९:२४
रुपन्देही । रुपन्देहीमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उपमहनगरपालिका-९ को कालिकानगरमा घर भाडामा लि...
प्रतिकृया लेख्नुहोस्: