काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिती र बिकृतिको अन्त्य गर्न आन्दोलनको बिकल्प नभएको बताएका छन् । आज पार्टीको लुम्बिनी ,कर्णाली र सुदुरपश्चिम क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै यस्ताे बताएका हुन् ।
थापाले अहिलेको राज्य प्रणालीले देशलाई अधोगती तर्फ मात्र लैजाने जिकिर गरे । भ्रष्टाचार ,कुशासन र मनपरितन्त्रलाई निरन्तरता दिँदा मुलुक समस्याको दलदलमा भासिने भन्दै अब बिकल्प खोज्नुपर्नेमा जोड दिए । बिकल्प भनेको आन्दोलन भएको भन्दै थापाले आन्दोलनको बाताबरण तयार गर्न जिल्ला अध्यक्षहरुसङ्ग आग्रह पनि गरे ।
एक्ला एक्लै आन्दोलन गर्दा सफलता प्राप्त नभएको बिगतलाई हेरेर समान बिचार भएका बीच मोर्चा बनाउने प्रस्ताबले मुर्तरुप नलिएकोमा चिन्ता ब्यक्त गर्दै थापाले त्यो दिशामा अहिले पनि प्रयासरत भएको समेत स्पष्ट पारे । तत्काल मोर्चा नबनेको परिस्थिति भए पनि पार्टीले आफ्नो तर्फ बाट गर्ने आन्दोलनको तयारीलाई भने निरन्तरता दिन तयारीमा जुट्न समेत थापाले आग्रह गरे। बैकल्पिक बिचार र मार्गचित्र राप्रपा नेपालसङ्ग भएकोले पार्टीलाई बलियो शक्ति बनाउन कृयाशिल र गतिशिल हुनुपर्नेमा समेत जोड दिए ।
बैठकमा महामन्त्रीद्वय भास्कर भद्राले सचिवालय र राजाराम बर्तौलाले संगठन सम्बन्धि प्रतिबेदन पेश गरेका थिए भने जिल्ला अध्यक्षहरुले जिल्लाको अबस्थाबारे बैठकलाई जानकारी गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८१ - १२:५९
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताएका छन् । ...
बैशाख ३१ गते, २०८१ - १२:५६
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बसेको जनता समाजवादी पार्टी नेपालको केन्द्रिय समिति बैठकले पु...
बैशाख ३१ गते, २०८१ - १२:५२
काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ । सभापति श...
बैशाख ३१ गते, २०८१ - १२:४७
काठमाडौं । प्रहरीले वान एक्सबेट, जुवा ३६५ लगायतका अनलाइन बेटिङ वेबसाइटहरुको प्रयोग गरी सट्टेबाजी जुवा खेली खेलाउने एक युवक पक्राउ परेका छन् । काठमाडौं...
बैशाख ३१ गते, २०८१ - १२:४४
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् । यसअघि पनि पटक पटक विश्वासको मत लिने भनेर तम...
बैशाख ३१ गते, २०८१ - १०:३५
धनुषा । जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । दु...
बैशाख ३१ गते, २०८१ - १०:३४
काठमाडौं । महर्षि धनञ्जयगोत्री समाज नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको दोस्रो स्थापना दिवस तथा धनञ्जय गोत्रीय राष्ट्रिय भेलाले धनञ्जयगोत्रीहरुको ...
बैशाख ३१ गते, २०८१ - १०:०५
सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक छ
बैशाख ३१ गते, २०८१ - १०:०१
काठमाडौं । इतिहासका घटनालाई आधार बनाएर नाटक, खण्डकाव्य, उपन्यास आदि साहित्यिक कृति लेखिने तथा चलचित्र निर्माण गरिने चलन कायमै छ । बालकृष्ण सम, डायमनश...
बैशाख ३१ गते, २०८१ - ०९:५३
कैलाली । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । कैलाली...
प्रतिकृया लेख्नुहोस्: