Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी

खबरडबली संवाददाता

धुलिखेल ।  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका—६ बुडोलडाडाँका गगनराज श्रेष्ठले ईनारको पानीलाई फिल्टर गरेर पिउन थालेको वर्षौ भयो । घरनजिकै सामूहिक धारा भए पनि पालो कुरेर थाप्नुपर्ने बाध्यताका कारण उहाँले ईनारकै पानी प्रयोग गर्दै आएका थिए ।     

“पुरानो बनेपामा खानेपानी संस्थानले पानी वितरण गर्दै आएको छ तर बुडोलडाँडामा भने त्यस्तो सुविधा कहिल्यै पाएनौँ । त्यसैकारण लाइनबसेर धारामा पानी थाप्नुपर्ने वा ईनारकै पानी प्रयोग गर्नुपर्ने बाध्यता थियो हामीलाई”, गगनराजले भने । स्थानीय रामचन्द्र थापाले पनि धारासम्म पुग्न पाँच÷सात मिनेट लागे पनि पालो पाउन धेरै कुर्नुपर्ने बाध्यताले हैरानी खेप्नुपरेको गुनासो गरे ।     
     
यो समस्या गगनराज र रामचन्द्रको मात्रै होइन । अधिकांश नगरबासीका लागि खानेपानी नै सबैभन्दा ठूलो समस्याका रूमा गुनासो छ ।  पछिल्लो समय भने बनेपा नगरपालिका वडा नं ६ ले खानेपानी आपूर्तिमा सक्रियता बढाएपछि स्थानीयहरू उत्साहित भएका छन् । वडाले राजीतिक दल र सामाजिक अगुवाहरूसहित ‘वडासँग नगरबासिन्दा अभियान’ सञ्चालन गरी खानेपानी समस्या समाधानको प्रयास गरिरहेको छ । त्यसका लागि सहयोग तथा समन्वय समिति गठन गरी खानेपानी व्यवस्थापन अभियान सुरूगरेपछि स्थानीयहरू उत्साहित भएका हुन् ।     

सहयोग तथा समन्वय समितिका अध्यक्ष कृष्णबुद्ध बजगाईले वडाबासीलाई खानेपानी उपलब्ध गराउन वडाअध्यक्षको सक्रियतामा वैकल्पिक स्रोतका रूपमा स—साना मुहान एकीकृत गर्ने र डीपबोरिङमार्फत खानेपानी व्यवस्थापन गर्ने अभियान अगाडि बढाइएको बताए । उनले उपभोक्ता समितिको लागत सहभागितामा करिब रु दुई करोड लागतको ‘एक घर एक धारा’ अभियानसहित खानेपानी व्यवस्थापनका काम अगाडि बढाइएका र चालु आर्थिक वर्षभित्र करिब आठ सय घरधुरीलाई खानेपानी खुवाउने गरी काम भइरहेको बताए ।     

वडाध्यक्ष सचितानन्द केसीले वडामा मुख्य समस्याका रूपमा रहेको खानेपानीको अभाव पूर्ति गर्न समिति बनाएर काम सुरूगरिरहेको बताए । “अहिले वडाको मुख्य समस्या नै खानेपानीको व्यवस्थापन गर्नु हो । निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाले समेत यहाँको समस्या समाधान गर्दाजस्तो नलागेपछि हामी आफैँ खानेपानी व्यवस्थापनमा जुटका छौँ”, उनले भने । पानीको दीगो व्यवस्थापन र समानुपातिक वितरणका लागि सबै राजनीतिक दल र सरोकारवालाहरुको सामूहिक सहभागितामा पानीको स्रोत व्यवस्थापन र डीपबोरिङमार्फत पानी सङ्कलको काम गरिने उनको भनाइ छ ।     
     
उनकाअनुसार हाल प्रदेश सरकारकोरु ३० लाख रुपैयाँबाट खत्रीगाउँमा डीपबोरिङ र एक लाख ७५ हजार क्षमताको पानी ट्याङ्की, डाँडागाउँमा तीन लाख क्षमताको खानेपानी ट्याङ्की निर्माण र मुख्य पाइपलाईन विछ्याउने काम भइरहेको छ भने गोसाइँस्थानमा डीपबोरिङ खानेपानी सम्पन्न भई कार्कीगाउँ, कुइँकेलगाउँ, चाल्नेढुङ्गा, २८ किलो क्षेत्र र गैरीगाउँ क्षेत्रमा पानी वितरणको काम भइरहेको छ । त्यसैगरी काभ्रे क्याम्पसभन्दा माथि दुई लाख लिटर क्षमताको ट्याङ्की बनाउने काम भईरहेको छ भने बुडोल, रातामाटे, सुवाल टोललगायत स्थानका लागि करिब दस करोडको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भइसकेको वडाध्यक्ष केसीले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कयौँ गुणा बढी छः प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताएका छन् । ...

जसपा नेपालले फिर्ता लियो प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  सोमबार बसेको जनता समाजवादी पार्टी नेपालको केन्द्रिय समिति बैठकले पु...

संसदीय समिति गठन नभएसम्म संसद चल्दैन कांग्रेसको बटमलाइन होः डा. महत

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ । सभापति श...

बेटिङ वेबसाइटमार्फत् २ अर्ब १ करोडभन्दा बढीको कारोबार गर्ने युवक पक्राउ

काठमाडौं । प्रहरीले वान एक्सबेट, जुवा ३६५ लगायतका अनलाइन बेटिङ वेबसाइटहरुको प्रयोग गरी सट्टेबाजी जुवा खेली खेलाउने एक युवक पक्राउ परेका छन् । काठमाडौं...

जेठ ३ गते विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् ।  यसअघि पनि पटक पटक विश्वासको मत लिने भनेर तम...

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

धनुषा । जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना  पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो ।  दु...

महर्षि धनञ्जयगोत्री समाजको दोस्रो स्थापना दिवस सम्पन्न

काठमाडौं  । महर्षि धनञ्जयगोत्री समाज नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको दोस्रो स्थापना दिवस तथा धनञ्जय गोत्रीय राष्ट्रिय भेलाले धनञ्जयगोत्रीहरुको ...

पुँजीवादी क्रान्ति नभई समाजवाद सम्भव छैनः वरिष्ठ उपाध्यक्ष अब्दुल खाँन

सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक छ

झापा विद्रोहको यथार्थमाथि बहस चलाउँदै ‘२८ साल’

काठमाडौं ।  इतिहासका घटनालाई आधार बनाएर नाटक, खण्डकाव्य, उपन्यास आदि साहित्यिक कृति लेखिने तथा चलचित्र निर्माण गरिने चलन कायमै छ । बालकृष्ण सम, डायमनश...

विषादी प्रयोगबारे सचेत बन्दै किसान

कैलाली । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । कैलाली...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies