Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

खबरडबली संवाददाता

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ। उच्च गतिको विद्युत् प्रवाह हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो।

विद्युत्‌को मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह भएर स्थानीयवासीका घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल, ल्यापटपलगायत उपकरणमा क्षति पुगेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए।

भुन्या टोलका जितबहादुर बरुवालको पसल जलेर रु १० लाखभन्दा बढीको क्षति भएको छ। उनले भने, “वडाका जनप्रतिनिधि र प्रहरीको टोलीले ६० घरमा क्षति पुगेको विवरण सङ्कलन गरेको छ।”

पाँच कुटानीपिसानी मिल र घरमा राखिएको मिटरबक्स जलेर क्षति भएको छ। पाँच जना करेन्ट लागेर सामान्य घाइते भएका छन्। एक जनालाई उपचारका लागि बेनी अस्पताल पठाइएको वडाध्यक्ष खड्काले बताए।

नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत् सर्ट हुनुको कारणबारे अध्ययन भइरहेको जनाएको छ। केन्द्रका प्रमुख प्रताप बरालले लाइन बन्द गरिएको र मर्मतका लागि सोमबार बिहानै प्राविधिक टोली पठाउने बताए।

घार, शिख र घोडेपानी क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ। घारको मुक्तिमार्ग माविका प्रधानाध्यापक ठगराज बरुवालले विद्युत् प्राधिकरणले समयमै प्रसारण र वितरण लाइन मर्मत नगर्दा क्षति बेहोर्नुका साथै विद्युतीय दुर्घटनाको जोखिम बढेको बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको प्रश्न-'संसद कांग्रेसले घरबाट ल्याएको हो ?'

एमालेको बारेमा बोल्दा विचार पुर्याएर बोल्न कांग्रेस नेताहरुलाई चेतावनी

रुखमा तारले बाँधेर जलाएको अवस्थामा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं । काभ्रेमा रूखमा बाँधेर जलाएको अवस्थामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।  ती व्यक्ति दोलखाको भीमेश्वर नगरपालिका–६ चरिकोट घर भएका विष्ण...

युनियनलाई महासचिव दिएर निर्मलालाई सर्वसम्मत बनाउने प्रयासमा युनियनले झिक्यो बखेडा

काठमाडौं। नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका लागि निर्वाचन मिति तय भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख २१ मा उद्घाटन गरेको २७...

प्रतिनिधिसभाले जेठ ९ गते नीति तथा कार्यक्रम पारित गर्ने

काठमाडौं । प्रतिनिधिसभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने जनाएको छ । मङ्गलबार सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ क...

सरकारले सिफारिस गरेको छात्रवृत्तिमा गोलमाल

काठमाडौं  । छात्रवृत्ति कोटामा एमबिबिएस र बिडिएस अध्ययनका लागि नेपाल सरकारले सिफारिस गरेको र बङ्गलादेश सरकारले सार्वजनिक गरेको विद्यार्थीको नाम र सङ्ख...

कांग्रेसको लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घमा राई

सुनसरी  । नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्र नं. १ सुनसरीको सभापतिमा दिनेश राई सर्वसम्मत निर्वाचित भएका छन् । कांग्...

सीप सिकेर स्वरोजगार बन्दै महिला, टोल नै सामूहिक तरकारी र फलफुल खेतीमा

सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ कि देवरैन देवी मुखियाको  ६/७ वर्ष यताको दैनिकी फेरिएको छ । हरेक दिन उनको खेतीपाती मै वित्ने गरेको छ । ...

सन्दीपको मुद्दा फैसला हुँदै, उच्च अदालत वरपर सुरक्षा व्यवस्था कडा

काठमाडौं । आज उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा फैसला गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । उक्त मुद्दामा मंगलबार...

परोपकारका प्रेरणा ट्याक्सी चालक मगरको सम्मान

गण्डकी । सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक उनी आफ्नो सवारीसाधनलाई बागलुङको पश्चिम भेगमा गुडाउछन् । आठ वर्षअघि ट्याक्सी...

सहकारी संस्था ठगी सम्बन्धी कसूरमा आठ जना पक्राउ

कास्की । कास्कीको पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित प्राईम बहुउद्देश्यीय सहकारी संस्था ठगी सम्बन्धी कसूरमा ८ जना पक्राउ परेका छन्  ।  पक्राउ पर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies