इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढ्दो क्रममा रहेकाे छ । हाल सम्म २७ हजार ६ सय १५ मतगणना गर्दा सुहाङ तीन हजार सात सय ५४ मतान्तरले अगाडि रहेका छन् । नेम्वाङले ११ हजार ७८ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार तीन सय २४ मत मात्र प्राप्त गरेका छन् ।
त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले छ हजार नौ सय एक मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू एक हजार पाँच सय १२ मतसहित चौथोमा सीमित रहेका छन् ।
माङ्सेबुङ गाउँपालिका–५ को भने अप्रत्यासित मतपरिणाम आएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवार थेगिमले एक हजार ३२ मत ल्याउँदा ठूला दल एमाले र कांग्रेसले ६९ मत कटाएनन् ।
सो वडामा एमालेका नेम्वाङले ६९ र कांग्रेसका खड्काले ४९ मतमात्र प्राप्त गरे । रास्वपाका लिम्बूले तीन मत पाए । सो वडामा किरात धर्मगुरू आत्मानन्द लिङ्देन बसोबास गर्दै आएका छन् ।
अहिले माई नगरपालिका–६ र ७ मा मतगणना भइरहेको छ । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।
इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८१ - १४:४१
एमालेको बारेमा बोल्दा विचार पुर्याएर बोल्न कांग्रेस नेताहरुलाई चेतावनी
जेष्ठ २ गते, २०८१ - १४:३०
काठमाडौं । काभ्रेमा रूखमा बाँधेर जलाएको अवस्थामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ । ती व्यक्ति दोलखाको भीमेश्वर नगरपालिका–६ चरिकोट घर भएका विष्ण...
जेष्ठ २ गते, २०८१ - १४:२२
काठमाडौं। नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका लागि निर्वाचन मिति तय भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख २१ मा उद्घाटन गरेको २७...
जेष्ठ २ गते, २०८१ - १४:१६
काठमाडौं । प्रतिनिधिसभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने जनाएको छ । मङ्गलबार सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ क...
जेष्ठ २ गते, २०८१ - १४:०७
काठमाडौं । छात्रवृत्ति कोटामा एमबिबिएस र बिडिएस अध्ययनका लागि नेपाल सरकारले सिफारिस गरेको र बङ्गलादेश सरकारले सार्वजनिक गरेको विद्यार्थीको नाम र सङ्ख...
जेष्ठ २ गते, २०८१ - १३:५९
सुनसरी । नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्र नं. १ सुनसरीको सभापतिमा दिनेश राई सर्वसम्मत निर्वाचित भएका छन् । कांग्...
जेष्ठ २ गते, २०८१ - १३:५१
सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ कि देवरैन देवी मुखियाको ६/७ वर्ष यताको दैनिकी फेरिएको छ । हरेक दिन उनको खेतीपाती मै वित्ने गरेको छ । ...
जेष्ठ २ गते, २०८१ - १३:२६
काठमाडौं । आज उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा फैसला गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । उक्त मुद्दामा मंगलबार...
जेष्ठ २ गते, २०८१ - १३:१८
गण्डकी । सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक उनी आफ्नो सवारीसाधनलाई बागलुङको पश्चिम भेगमा गुडाउछन् । आठ वर्षअघि ट्याक्सी...
जेष्ठ २ गते, २०८१ - १३:१२
कास्की । कास्कीको पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित प्राईम बहुउद्देश्यीय सहकारी संस्था ठगी सम्बन्धी कसूरमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्...
प्रतिकृया लेख्नुहोस्: