Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ- मन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गौरवपूर्ण इतिहास र ऐतिहासिक विरासत बोकेको ‘गोरखापत्र’लाई प्रतिस्पर्धी र विश्वसनीय बनाउन आन्तरिक व्यवस्थापनलाई सबल पार्नुपर्ने बताभएको छि । 

गोरखापत्र प्रकाशनको १२४औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले आर्थिक र जनशक्ति व्यवथापनको हिसाबले आन्तरिक व्यवस्थापन सबल बनाउनसके गोरखापत्र संस्थानको भविश्य उज्वल रहेको उनको भनाइ छ । मन्त्री शर्माले भनिन् “गोरखापत्रलाई उज्वल, प्रतिस्पर्धी र अगुवा पत्रिका बनाउन नयाँ ढङ्गले सोच्नुपर्छ ।”

उनले नेपाली पत्रकारिता क्षेत्रको जननीका रुपमा रहेको गोरखापत्रको गौरवपूर्ण इतिहास, ऐतिहासिक भूमिका र विरासत रहेको बताइन् । “विभिन्न कालखण्डको प्रत्यक्षदर्शी, ऐतिहासिक सामग्रीको सङ्ग्रह र नेपाली भाषा, साहित्यको संरक्षण र सम्वद्र्धनमा गोरखापत्रको भूमिका महत्वपूर्ण छ । नेपालको राजनीतिक आर्थिक र सामाजिक रुपान्तरणमा पत्रकारिताबाट गोरखापत्रले पु¥याएको योगदान अविस्मरणीय रहेको छ”, उनले भनिन् । 

सूचना र सञ्चारको पछिल्लो विकासले यसलाई विधागत र प्रविधिगतरुपमा अझै फराकिलो दायरामा बिस्तार गरेको उल्लेख गर्दै उनले गोरखापत्र र यसका अन्य प्रकाशनलाई विधागत र प्रविधिगतरुपमा सबल र सक्षम बनाउँदै लैजानुपर्नेमा उनले जोड दिइन्। आममानिसमा बिस्तार हुँदै गएको सूचना पहुँच र सहज प्रयोगबाट गोरखापत्रले पाठक वृद्धि गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

“नेपालमा अखबारी पत्रकारिता आरम्भ गरेको गोरखापत्रको इतिहास जति गौरवशाली छ, वर्तमान र भविश्यमा पनि यसलाई कायम राख्नु चुनौतीको विषय हो”, उनले भनिन्, “बजारमा प्रतिस्पर्धीका साथै अगुवा पत्रिकाका रुपमा स्थापित गर्न, आन्तरिक व्यवस्थापन सबल बनाउन जरुरी छ ।”

गोरखापत्रले सरकारका आधिकारिक समाचार सम्प्रेषण गर्नाका साथै सरकार र जनताका बीचको पुलको काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री शर्माले सरकारका राम्रा कामबारेमा जनताको बीचमा पु¥याउने तथा जनता गुनासा र अपेक्षा सरकारसमक्ष पु¥याउने गरी सरकारी सञ्चारमाध्यमले कार्यक्रम बनाउनुपर्ने बताइन् । 

“सरकारी सञ्चारमाध्यम जुन विरासतबाट आए, त्यो जनमानाको विरासतका आधारमा सरकारी सञ्चारमाध्यम सरकारका मजनमण्डलीका रुपमा स्थापित भए । सरकारका गुणगान गाउने बाहेक जनताको भाषा बोल्न छाडियो”, उनले भनिन्, “तर आज हामी समावेशितासहितको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छौँ । त्यसकारण गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यमले जनताको भाषा बोल्नुपर्छ ।”

उनले संविधानसभाबाट जारी संविधानका उपलब्धिका बारेमा पनि सरकारी सञ्चारमाध्यमले पनि जनतासमक्ष लैजानुपर्ने बताइन् । विगतमा राजनीति र पत्रकारिता क्षेत्र सँगसँगै भएर राजनीतिक तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लडेको उल्लेख गर्दै मन्त्री शर्माले राजनीतिक परिवर्तनपछाडि प्राप्त अधिकार कार्यान्वयनमा पनि सञ्चार जगत्ले खबरदारी गर्नुपर्नेमा जोड दिइन्। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले फिर्ता पठाए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...

राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अझै रोकियो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...

सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जनले पाए सफाइ

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...

बाँकेको खजुरा बजारको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर सङ्कलन

नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...

अब बाँकी रहेका कम्युनिस्ट शक्तिहरूलाई पनि एकताबद्ध गर्नेछौँ - प्रचण्ड

रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...

ढाकामा नेपालका १० फोटोपत्रकार सम्मानित

काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...

स्थानीय चुनावका लागि रास्वपाको नयाँ मापदण्ड: ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण गर्नुपर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...

रवि लामिछानेको उद्योगी व्यवसायीलाई आश्वासन - डर–त्रासमा नपर्न आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...

घाउमा इन्फेक्सन भएपछि ओलीको भेटघाट बन्द, अझै १०-१५ दिन सुरक्षित बस्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...

स्वतन्त्र र जिम्मेवार प्रेस नै लोकतन्त्रको आधारस्तम्भ - सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending