Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

कैलालीको सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरमा वृद्धि

खबरडबली संवाददाता

सुदूरपश्चिम । अङ्गे्रजी माध्यममा पठनपाठन हुन थालेपछि बढेको आकर्षणसँगै कैलालीका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढेको छ ।  

अङ्ग्रेजी माध्यममा पठनपाठन, सिकाइ प्रक्रियामा प्रविधिको प्रयोग, विद्यालयमा पठनपाठन पनि चुस्त दुरुस्त बन्दै गएकाले पनि सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको रुचि बढेको पाइएको छ । “कतिपय सामुदायिक विद्यालयमा प्रविधिको प्रयोग गरेर सिकाइ गरिँदा पनि अभिभावक विद्यार्थीको रुचि बढेको छ”, धनगढीस्थित धनगढी नमूना उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त भट्टले भने, “भर्ना गराउन पहिले बोडिङ स्कुल खोज्दै हिँड्ने अभिभावक हाल सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराइरहनुभएको छ ।”

विद्यालय शिक्षालाई स्थानीय तहमा हस्तान्तरण गरिएपछि विद्यालयको अनुमगन निरीक्षणको पाटो पनि बलियो हुँदै गई विद्यालय भर्ना बढेको पाइएको धनगढीवासी यज्ञराज जोशी बताउँछन् । विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीको चाप बढ्न थालेपछि धेरै विद्यालयले भर्ना गर्दा प्रवेश परीक्षा पनि लिइरहेका छन् । 

विद्यार्थीको चापसँगै कतिपय विद्यालयमा कक्षाकोठा लगायतका भौतिक पूर्वाधारको अभाव सिर्जना हुनुका साथै विद्यार्थी सङ्ख्या बढे पनि शिक्षक दरबन्दी नथपिँदा कार्यरत शिक्षकको कार्यबोझ बढेको प्रधानाध्यापकको भनाइ छ । सरकारले गरिब एवं पिछडिएको समुदायका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउन थालेपछि पनि यी विद्यालयमा विद्यार्थी भर्ना दर बढेको बताइएको छ । 

सरकारले खासगरी विपन्न, अपाङ्गता भएका, दलित, पिछडिएका वर्ग समुदायका बालबालिको शिक्षामा पहुुँच पुर्‍याउन र विद्यालयको भर्ना दर बढाउन छात्रवृत्तिको व्यवस्था गरेको छ । अत्तरियास्थित सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयका संस्थापन मानबहादुर साउदले छात्रवृत्ति वितरण कार्यक्रमले विद्यालयको भर्नादर पहिलेको भन्दा तीन गुनाले बढेको बताए । यो विद्यालयमा अपाङ्गता भएका बालबालिको पठनपाठन हुँदै आएको छ । 

विद्यालय शिक्षा बाहिर रहेका बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने लक्ष्यले सरकारले बर्सेनि विद्यालय भर्ना अभियान गरिरहेको हो । शिक्षा क्षेत्रको समन्वयकारी भूमिका निर्वाह गरिरहेको शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख वैकुण्ठ सुवेदीले पालिका तहको सरकारले आफ्नो पालिका क्षेत्रका विद्यालयसँग समन्वय गरेर विद्यालय शिक्षा बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना कार्यक्रम सञ्चालन गर्दै आएको बताए । 

बर्सेनी विद्यालय भर्ना अभियान सञ्चालन हुने गरे पनि कतिपय समुदायका परिवार अझै पनि आफ्ना बालबालिकालाई विद्यालय पठाउनमा इच्छुक नदेखिने गरेको बताइन्छ । “कतिपय समुदायका परिवारले अझै पनि आफ्ना बालबालिकालाई स्कुल पठाउन नमानिरहेको अवस्था पनि देखिन्छ”, सुवेदीले भने । 

कैलाली जिल्लामा रहेका सामुदायिक विद्यालयमध्ये कतिपय विद्यालयलाई पालिका तहले एकापसमा ‘मर्ज’(गाभे)को छ । विसं २०७५ सम्म जिल्लाभरि पाँचसय ७१ सामुदायिक विद्यालय रहेकोमा पछिल्लो केही वर्षदेखि कतिपय विद्यालय आपसमा मर्ज गरिएको पाइएको एकाइ प्रमुख सुवेदीले बताए । विद्यालय शिक्षालाई चुस्त दुरुस्त एवं शैक्षिक गुणस्तरमा सुधार ल्याउन एकापसमा गाभ्ने काम भइरहेको बताइन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending