कञ्चनपुर । सशस्त्र प्रहरी बल नेपालले सबै प्रदेशमा स्कुल विस्तार गर्ने योजना अनुसार कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ झलारीमा चौथो स्कुल संचालन ल्याएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो स्कुलको बैशाख २४ गते उद्घाटन गरेका हुन् । शैक्षिकसत्र २०८१ देखि संचालनमा ल्याईएको नेपाल एपीएफ स्कुल झलारीमा हाल कक्षा ४ र ५ मा पठनपाठन शुरु गरिएको छ ।
सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यकासाथ स्थापना भएको नेपाल एपीएफ स्कुलमा सशस्त्र प्रहरी कर्मचारी र सर्वसाधारणका सन्ततीहरु गरी १ सय ५ जना छात्रछात्राहरु भर्ना गरिएको छ ।
यसअघि सशस्त्र प्रहरी बल नेपालले पहिलो स्कुलको रुपमा काठमाडौको कीर्तिपुर–४ बाजोबारीमा २०६२ चैत्र १७ गतेदेखि पूर्ण आवसीय सुबिधासहित नेपाल एपीएफ स्कुल कीर्तिपुर संचालनमा ल्याएको थियो ।
त्यसैगरी दोश्रो २०७७ बैशाख २ गतेबाट नेपाल एपीएफ स्कुल कोहलपुर र तेश्रो स्कुल २०७९ जेठ ९ गतेदेखि नेपाल एपीएफ स्कुल सप्तरी संचालना ल्याइएको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठन प्रमुखमा पदवहाली भएसँगै सबै प्रदेशमा नेपाल एपीएफ स्कुल र नेपाल एपीएफ अस्पतालको विस्तार गर्ने योजना सार्बजनिक गरेका थिए । अब अन्य प्रदेशमा समेत स्कुल बिस्तार गर्दै लगिने संगठनको लक्ष्य छ ।
हाल सबै प्रदेशमा सशस्त्र प्रहरी बलको अस्पताल तथा फिल्ड अस्पताल संचालनमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८१ - १८:०४
काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ । आयोजनाका अनु...
पौष ९ गते, २०८१ - १७:५८
रूपन्देही । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जस्तै आर्थिक समृद्धिका लागि पनि काँग्रेस पार्टी सक्षम रहेको बता...
पौष ९ गते, २०८१ - १७:५२
काठमाडाैं । गृहमन्त्री रमेश लेखकले चरणबद्ध छलफलपछि सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् । मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको क...
पौष ९ गते, २०८१ - १७:४८
राैतहट । रौतहटको छोटी सिमा नाकाहरूबाट (चार पाङ्ग्रे )सवारीसाधनहरू आवतजावत गर्नुपर्ने यहाँका सरोकावालाहरूले माग गरेका छन् । सरकारले गौर नाका भएर मात्र ...
पौष ९ गते, २०८१ - १७:४३
बुटवल । लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन पुस १६ देखि सुरु हुने भएको छ । यसअघि भदौ ३१ गते प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको थियो । चौथो अधिव...
पौष ९ गते, २०८१ - १७:३९
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अ...
पौष ९ गते, २०८१ - १७:३७
कोलम्बो । श्रीलङ्कामा यो वर्ष अहिलेसम्म करिब ५० जङ्गली हात्तीको अनाधिकृत विद्युतीय तारले करेन्ट लागेर मृत्यु भएको सिलोन विद्युत बोर्ड (सीईबी) सोमबार ज...
पौष ९ गते, २०८१ - १७:३१
कैलाली । दूषित मह बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले १६ भारतीय नागरिकविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । ...
पौष ९ गते, २०८१ - १७:२६
काठमाडाैं । आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्याइएका पाँच जना नेपालीको उद्धार भएको छ । ती नेपालीलाई थाइल्याण्ड हुँदै नेपाल फर्काइएको छ । एक ...
पौष ९ गते, २०८१ - १७:२२
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उपभोक्तालाई सुपथ मूल्यमा औषधी उपलब्ध गराउने भन्दै कुनै एक कम्पनीको नाम नतोकिकन जेनेरिक औषधी ...
प्रतिकृया लेख्नुहोस्: