काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाले नयाँ सहर विस्तार आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
काठमाडौं उपत्यका भित्र रहेको ईशान कोण नयाँ सहर विस्तार आयोजनाको मंगबार निरीक्षण गर्दै मन्त्री बुढाले बजेट अभावका कारण सहर विस्तारको कार्यक्रम अपेक्षा अनुसार अघि बढ्न नसके पनि आफ्नै ढंगबाट अगाडि बढिरहेको बताए ।
सरकारले संघीय राजधानीमा मात्र नभई हिमाल, पहाड र तराईका जिल्लामा समेत नयाँ सहर आयोजनालाई प्रभावकारीरूपमा अघि बढाउन चाहेको उल्लेख गरे । अहिलेसम्म सरकारले पहिचान गरिसकेका ५० बढी स्थानमा नयाँ सहर बनाउने योजनालाई आगामी बजेटमा समेत निरन्तरता दिइएको भन्दै सुविधा खोज्ने होडवाजीमा असन्तुलित बसाइसराईलाई रोक्न सरकारले देशैभर नयाँ सहरको अवधारणालाई महत्त्वका साथ हेरेको बताए ।
अनुगमनका क्रममा मन्त्री बुढाले नयाँ सहरको विस्तार गर्दा आवश्यक मापदण्ड र पूर्वाधार विकासको तालमेलमा विशेष ध्यान दिनसमेत आग्रह गरे ।
उक्त निरीक्षण कार्यक्रममा बागमती प्रदेश सभा सुरेश श्रेष्ठ, काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकाल, सहसचिव नवराज प्याकुरेल, पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका स्वकिय तथा नेपाल रिटर्नी एशोसिएसनका अध्यक्ष प्रवीण पौडेल, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: