Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

मातातीर्थ मेला सुरु, चन्द्रागिरिमा भोलि बिदा

खबरडबली संवाददाता

काठमाडौं । प्रत्येक वर्ष चन्द्रागिरि नगरपालिका-६ मातातीर्थ कुण्डमा लाग्ने मेला आज साँझदेखि सुरु भएको छ । 

आमाको मुख हेर्ने औँसीको अघिल्लो दिन आज साँझ दर्शनार्थीहरु मातातीर्थ मन्दिर पुगेर आमाको प्रतिमामा पूजाआजा गर्नुका साथै रातभर जाग्राम बस्ने गर्दछन् । मातातीर्थ संरक्षण तथा विकास संस्थाले प्रत्येक वर्ष मातातीर्थ मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित गर्ने गरेको छ । 

संस्थाका अध्यक्ष शान्त उदासले मेला व्यवस्थित गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरि काम गरिएको जानकारी दिए । 

मातातीर्थ मेलामा आज साँझ बत्ती बाल्ने, रातभर जाग्राम बस्ने र भोलि बिहानै आमाको मुख हेर्ने तथा स्नान गर्ने गरिन्छ । सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लो समय श्राद्ध गर्नेको सङ्ख्या बढ्दो छ । मन्दिरमा दैनिक आठदेखि १० जना श्राद्ध गर्नका लागि आउने गरेका छन् ।

मातातीर्थ कुण्डमा दर्शन गरेमा दिवङ्गत आमालाई छोराछोरीले तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ । 
मातातीर्थ औँसीका अवसरमा चन्द्रागिरि नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । 

मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन: १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा मन्त्रालयमा छड्के अनुगमन गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि, गृह, उद्योग...

दोस्रोपटक निर्धारण गरिएको समयभन्दा करिब दुई घण्टा ढिलोगरी प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आज बिहान ११ बजेटका लागि बैठक बस्ने कार्यसूची भएपनि दूईपटकसम्म सारेर साढे चार बजेका लागि निर्धारण भएक...

गृहमन्त्री लामिछानेको चेतावनी- अब देश तपाइँहरुको गन गनले मात्र चल्दैछ ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब देश तपाइँहरुको गनगनले मात्र देश नचल्ने चेतावनी दिँदै झुटा मुद्धा र मिडिया ट्रायलले आफु नडराउने बत...

टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कैलाली मालपोत कार्यालयका  तत्कालीन प्रमुख मोहन स्नेही सराईली र  नापी कार्यालय प्रमुख मानबहादुर चन्दसहित...

नेकपा एमाले भक्तपुरको अध्यक्षमा देउजा निर्वाचित

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरको नवौँ अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका वचन देउजा निर्वाचित भएका छन् ।  यसअघि पनि जिल्ला अध...

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुन्छः प्रमुख कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि कारबाही हुने बताएका छन् । महानगरले आयोजना गरेको पाँचदिने सहक...

सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिने

काठमाडौं । सरकारले सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्ति गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७१औँ अन्तर्राष्ट्रिय सगरम...

उपेन्द्रले सभामुखलाई दिए नयाँ दल बनाएका सात सांसदलाई कारवाही गरेको जानकारी

काठमाडौं । जसपा नेपालले नयाँ दल जसपा बनाएका ७ सांसदलाई कारवाही गरेको जानकारी सभामुखलाई दिएको छ ।  जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्...

‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ । यस वर्षको संस्करण आगामी असार ६ देखि ९ गते (जुन २० देख...

महाेत्तरीका गरिब बस्तीमा इन्धनको चिन्ता

महोत्तरी । बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि महोत्तरीको झुपरका स्थानीयवासी चिन्तित छन् । यसपालि वनमा पतझड झर्ने बित्तिकै डढेलो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies