Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

म्यान्मामा विस्थापितहरूको सङ्ख्या ३० लाख:राष्ट्रसङ्घ

खबरडबली संवाददाता

एजेन्सी । म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ । यीमध्ये अधिकांश सेनाको सन् २०२१ को विद्रोहबाट सुरु भएको द्वन्द्वका कारण आफ्नो घर छोड्न बाध्य भएका छन् । 

लोकतन्त्रको अल्पकालीन प्रयोगपछि आङ सान सु कीको सरकारलाई पतन गराउने विद्रोहपछि करिब २७ लाख पलायन भएका छन् । यो सैन्य विद्रोहले स्थापित जातीय सशस्त्र समूहहरूसँग नयाँ झडप सुरु गर्‍यो र दर्जनौँ ‘पिपुल्स डिफेन्स फोर्सेस’ बललाई जन्मायो । तिनीहरूलाई दबाउन सेना असफल भएको छ । 

म्यान्मा सन् २०२४ मा गहिरो मानवीय सङ्कटको मुखमा छ”, राष्ट्रसङ्घीय आवासीय संयोजकले सोमबार जारी गरेको विज्ञप्तिमा बताए । विज्ञप्तिअनुसार विस्थापितमध्ये एक तिहाई बालबालिका रहेको अनुमान गरिएको छ । गत वर्षको अन्त्यदेखि जातीय सशस्त्र समूहहरूको गठबन्धनले उत्तरी शान राज्यमा आक्रमण सुरु गरेपछि तीस लाखमध्ये करिब आधा विस्थापित भएको विज्ञप्तिमा उल्लेख छ । 

आक्रामक कारवाहीले र चीन सीमामा धेरै क्षेत्र र लाभदायक व्यापार क्रसिङलाई कब्जा गरेको छ । यसले सत्ता कब्जा गरेपछि जुन्ताका लागि सबैभन्दा ठूलो खतरा सिर्जना गरेको छ । 

म्यान्माको सीमावर्ती क्षेत्रमा जातीय सशस्त्र समूहहरूको बाहुल्य छ । तीमध्ये धेरैले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि स्वायत्तता र आकर्षक स्रोतहरूको नियन्त्रणलाई लिएर सेनासँग लडिरहेका छन् । 

संयुक्त राष्ट्रसङ्घले विशेषगरी मे–जुन चक्रवातको मौसमअघि राहत कार्यमा गम्भीर आर्थिक अभावले बाधा पुर्‍याइरहेको बताएको छ । गत वर्ष चक्रवात मोचाले पश्चिमी म्यान्माको रखाइन राज्यमा प्रहार गरेको र कम्तीमा एक सय ४८ जनाको ज्यान गएको थियो । 

अराकान आर्मी र सेनाबीचको द्वन्द्वका कारण नोभेम्बरदेखि चर्चामा आएको पश्चिमी रखाइन राज्यमा हाल तीन लाख ५५ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE