तनहुँ । तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नेपालस्थित भारतीय दूतावासले एम्बुलेन्स उपलब्ध गराएको हो ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उक्त एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्दै जनतालाई सहज र सरल रुपमा एम्बुलेन्स सेवा प्रदान गर्ने उद्देश्यसहित एम्बुलेन्स ल्याउन सहयोग गरेकामा न्यौपानेले भूपू सैनिक प्रति आभार व्यक्त गरे ।
उनले भने, “सेवा निवृत्तपछि भूपू सैनिकहरुले सामाजिक क्षेत्रमा गरेको योगदान अतुलनीय छ । आगामी दिनमा समेत सामाजिक सेवामा तल्लिन हुनुहोला ।”
स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्राप्त भएपछि वडाका सर्वसाधारणलाई सहज हुने स्वास्थ्य चौकी प्रमुख देविन्द्र कार्कीले जानकारी दिए । भूपू सैनिकको समन्वयमा एम्बुलेन्स प्राप्त भएसँगै उक्त वडामा तीन एम्बुलेन्स सञ्चालनमा आएका छन् । उजले भने, “स्वास्थ्य संस्थासम्म जानका लागि निजी सवारी साधनको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यो वडामा तीन वटा एम्बुलेन्स भएका छन् । वडावासीले सहज रुपमा एम्बुलेन्स सेवा पाएका छन् ।”
यसअघि राजापानी कलेस्ती दिगो समाज र स्याकुन्थोक समाजले दुई वटा एम्बुलेन्स सञ्चालन गरिरहेको छ । व्यास –९ ले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको वडाध्यक्ष सुरेश थापाले जानकारी दिए । त्यस्तै ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई एम्बुलेन्स निःशुल्क उपलब्ध गराइएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: