पाल्पा । पाल्पाका आग्नीपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन कोषमार्फत आगलागीबाट घरबारविहीन भएका परिवारलाई राहत प्रदान गरेको हो ।
रामपुर नगरपालिका–४ को समाङसिङ, गिजिनडाँडाका, रामपुर–५ को गैराका आगलागीबाट पीडित ६ घरपरिवार तथा पूर्वखोला गाउँपालिका–६ का नौ परिवारलाई प्रतिपरिवार रु १५ हजारका दरले राहत वितरण गरिएको हो । यही वैशाख १९ गते वनमा सल्किएको आगोले ती ठाउँमा घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए ।
प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, जिल्ला अदालत पाल्पाका न्यायाधीश दलबहादुर केसी, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डित, जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवं जनप्रतिनिधिको उपस्थितिमा राहत वितरण गरिएको हो ।
प्रजिअ काफ्लेले घर पूर्ण रूपमा क्षति भएका नागरिकको आवास निर्माण गर्न सरकारले तीन किस्तामा गरी रकम प्रदान गर्ने भएकाले आवास निर्माण गर्न छिटो सम्बन्धित पालिकामा निवेदन दिन आग्रह गरे । विगतका वर्षको तुलनामा पाल्पामा यस वर्ष आगलागीका घटना बढेको उल्लेख गर्दै उनले आगामी दिनमा जोखिम न्यूनीकरणका लागि सबै सचेत हुनु आवश्यक रहेको बताए ।
हाल रामपुर–४ र ५ का ६ घर, पूर्वखोलाका–६ का नौ घर र माथागढी–४ का ६ परिवारलाई विपद् व्यवस्थापन कोषमार्फत तत्काल रु १५ हजारका दरले राहत रकम उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताइन । उनका अनुसार जिल्लाका अन्य पालिकामा आगलागीका घटनाको विवरण सङ्कलन भइरहेको छ ।
‘क्लथ एण्ड फुड बैंक नेपाल’ रुपन्देहीले रामपुर नगरपालिकाभित्र आगलागीबाट घर पूर्ण रूपमा क्षति भएका र आंशिक क्षति भएका परिवारलाई लत्ताकपडासहित ओढ्ने ओच्छ्याउने सामग्री उपलब्ध गराएको छ ।
संस्थाले रामपुर–४ का तीन र ५ का पाँच परिवारलाई लत्ताकपडा, ओढ्ने ओच्छ्याउनेलगायत कपडा वितरण गरेको छ । प्रजिअ काफ्ले, क्लथ एण्ड फुड बैंक नेपालका पाल्पा संयोजक सूर्य जिसी, प्रेमप्रकाश श्रेष्ठ, थमन मल्ललगायतले राहत सामग्री वितरण गरेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: