बारा । विशेष अदालतले जीतपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई दोषी ठहर गरेको छ । बैशाख २७ गते बिहीबार विशेष अदालतको दैनिक पेसी सूचीमा वडा अध्यक्ष कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको जनाइएको छ।
२०८० साल माघ १० गते सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो ।
विशेष अदालतले दोषी ठहर गर्दा वडाअध्यक्ष कार्की निर्णय बदरको माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवादी बनाई पुनरावेदनको लागि फागुन ३ गते विशेष अदालतमा मुद्दा दर्ता गराएका थिए । इजलास नम्बर १ का अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर र सदस्य न्यायाधीश तेज नारायण सिंह राईको फैसलाले पहिलाको निर्णयलाई नै सदर गरेको थियो ।
पुस २ गते हेटौँडा स्थित अख्तियारको टोलीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई पाँच लाख घुस रकम सहित पक्राउ गरेको थियो । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुर स्थित जयसवाल होटलबाट घुस रकम सहित पक्राउ गरिएको आयोगले जनाएको छ ।
वडाध्यक्ष कार्कीले पल्टीङ्ग जग्गाको बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिई रहेको अवस्थामा आयोगको टोलीले ५ लाख नगद रकम सहित पक्राउ गरेको थियो। कार्की नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ७ गते, २०८१ - १४:२५
काठमाडौं । सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दैलेखबाट सुर्खेत जाँदै गरेको ०२ ००१ ख ०८५२ नम्बरको बस वीरेन्द्रनगर नगरपालिका–७स्थित ...
जेष्ठ ७ गते, २०८१ - १४:१७
काठमाडौं । नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन् । सोमबार दिउँसो बसेको विपक्...
जेष्ठ ७ गते, २०८१ - १३:५१
काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् । सोमबार प्रतिन...
जेष्ठ ७ गते, २०८१ - १३:४६
सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमा...
जेष्ठ ७ गते, २०८१ - १३:४४
कञ्चनपुर । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने कार्य हुन ...
जेष्ठ ७ गते, २०८१ - १३:२१
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको बताएका छन् । स...
जेष्ठ ७ गते, २०८१ - १३:१५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रचण्डले याे पटकसमेत चौथो पटक विश्वासको मत पाएका ...
जेष्ठ ७ गते, २०८१ - १२:४०
काठमाडौं । ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले शपथ लिएका छन् । पदभार ग्रहण गरेपछि, लाइ ताइवानको राष्ट्रपति हुने तेस्रो निवर्तमान उपराष्ट्रपति हु...
जेष्ठ ७ गते, २०८१ - १२:३६
काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको समर्थन रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकम...
जेष्ठ ७ गते, २०८१ - १२:३३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् । कांग्रेसको नाराबाजी जारी रहँदा सभामुख द...
प्रतिकृया लेख्नुहोस्: