Ntc summer Offer
Khabar Dabali १६ जेष्ठ २०८१ बुधबार | 29th May, 2024 Wed
NIMB

अकुत सम्पत्ति आर्जनको आरोपमा कुलमानको परिवारमाथि उजुरी

खबरडबली संवाददाता

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको परिवारमाथि अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

कुलमान घिसिङ प्राधिकरणको निर्देशक भएसँगै छोटो अवधिमा परिवारको आर्थिक स्रोतबिनै अर्बौं रुपैयाँ सम्पत्ति आर्जन भएको देखिएको भन्दै उजुरीकर्ताले अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।

आयोगमा उजुरी परेसँगै कुलमानका भाइ गणेश घिसिङसहितको परिवारको सम्पत्तिका विषयमा अख्तियारले छानबिन सुरु गरेको छ । कुलमानले आफ्ना भाइ तथा परिवारका सदस्यलाई १ अर्ब रुपैयाँभन्दा बढी आम्दानी छोटो समयमा कसरी गराए भन्ने विषयमा छानबिन हुनुपर्ने भन्दै उजुरी परेको आयोग स्रोतले जनायो ।

घिसिङ पहिलोपटक नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएपछि अपारदर्शी रूपमा आएको पैसा लगानी गरेर आफ्ना भाइ गणेश घिसिङका नाममा ३ करोडको कम्पनी दर्ता गराएका थिए । सो कम्पनीमा कुलमानले भाइहरूको नाम राखेको र अर्बौं रुपैयाँको सम्पत्ति आर्जन गरेको आरोप उजुरीकर्ताले लगाएका छन् । प्राधिकरणको आवरणमा सोही कम्पनीबाट अर्बभन्दा बढीको कारोबार कुलमानबाट के–कसरी भयो सबै छानबिन गरेर कानुनी दायरमा ल्याउनुपर्ने माग गर्दै उजुरी परेको हो ।

नेपाल विद्युत् प्राधिकरणमा सातौं तहबाट प्रवेश गरेका कुलमानले चिलिमे जलविद्युत् कम्पनीमा हुँदासमेत बनेपा धुलिखेललगायतका ठाउँमा २५ रोपनीभन्दा बढी जग्गा खरिद गरेको र प्राधिकरणको प्रबन्ध निर्देशक भएपछि आफ्ना भाइहरू गणेश घिसिङ, अनिल घिसिङ, सानुकान्छा घिसिङ र सुरेश घिसिङका नाममा २०७४ सालमा ३ करोडको लगानीमा तेन्डेल हार्डवेयर प्रालि नामक कम्पनी स्थापना गरेको र सो कम्पनीले १७ वटा बैंकमा गरेर अर्बभन्दा माथिको कारोबार गरेको भन्दै उजुरीमा कुनै आयस्रोत नभएका बिहान बेलुका खाना खानसमेत समस्या रहेको परिवारको अवस्था कुलमान प्राधिकरणको प्रबन्ध निर्देशक हुनासाथ ३ करोडको कम्पनी दर्ता गर्नसक्ने हैसियतको हुनुमा कुलमानले प्राधिकरणको आवरणमा कमाएको अवैध आम्दानी भएको भन्दै छानबिन गर्नुपर्ने उल्लेख छ ।

कुलमान २०७३ सालमा प्राधिकरणमा प्रबन्ध निर्देशक नियुक्त भएका थिए भने उनले आफ्ना भाइहरूका नाममा २०७४ सालमा सो तेन्डेल हार्डवेयर नामक कम्पनी दर्ता गरेका थिए । २०७४ सालमा स्थापना भएको कम्पनीले कुलमानको आवरणमा गरेको आम्दानी शंकास्पद देखिएपछि २०७४ सालमै तत्कालीन प्रधनमन्त्री केपी शर्मा ओलीका पालामा राजस्वले छापा हानेर तीन महिना कारोबार बन्द भएको थियो ।

शक्ति केन्द्रको दबाबमा क्लिन चिट लिएको सो कम्पनीले काठमाडौंको बौद्ध र सिन्धुपाल्चोकको पाँचखालमा शाखा कार्यालय खोलेर पूर्वतिर बन्दै गरेका सम्पूर्ण हाइड्रोपावरलाई प्राधिकरणका कार्यकारी निर्देशक आफ्ना दाइ कुलमान रहेको बताउँदै हार्डवेयरका सम्पूर्ण सामान यही कम्पनीमार्फत लानैपर्ने बाध्यकारी बनाइँदै आएको उजुरीमा उल्लेख छ ।

साथै, सन् २०१२ मा करिब ४ अर्ब ४७ करोडबराबरको कम्पनी लामा कन्स्ट्रक्सन प्रालिको ९ लाख ६० हजार कित्ता सेयर अर्थात् १२ दशमलव ५ प्रतिशत (तत्कालीन मूल्यनुसार ५५ करोड ८७ लाख रुपैयाँ)को सेयर इक्रा नेपालले खरिद गर्दा जम्मा ९ करोड ६० लाख मात्र देखाएर करछलीसमेत गरेको र सो रकमसमेत कुलमानले अवैध तरिकाले कमाएको रकम भएकाले छानबिन गर्नुपर्ने समेत उजुरीमा माग गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा ताला लगाउनै पर्ने विवाद के हो ?

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विधि, विधान र प्रक्रियाविपरीत सदस्यता सूची सार्वजनिक गरेको भन्दै विभिन्न संगठनहरुले विरोधस्वरुप केन्...

दूरसञ्चार घोटालाका ४९ हजार संदिग्ध व्यक्ति म्यान्माद्वारा चीनलाई हस्तान्तरण

काठमाडाैं । सन् २०२३ जुलाई देखि हालसम्म म्यान्माले दूरसञ्चार र इन्टरनेट घोटालाका ४९ हजार भन्दा बढी आपराधिक संदिग्धहरूलाई चिनियाँ हिरासतमा हस्तान्तरण ग...

खोटाङको ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै

खोटाङ ।  जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पतालको अन्तिम चरणमा पुगेको छ । लिफ्ट सुविधासहितको अपाङ्गमैत्री...

चोरीकाे मोटरसाइकलसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बसुन्धारा र कपनबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका २...

नेपाल टेलिकमले दियो गणतन्त्र दिवसमा विभिन्न अफर

काठमाडौं । नेपाल टेलीकमले गणतन्त्र दविसको अवसरमा आफ्ना गाहकहरुलाई विभिन्न अफरहरु दएिको छ ।  देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा गणतन्त्...

काकाकुल सिरहाकाे अँधेरीगाउँ

सिरहा ।  मिर्चैया बजारबाट करिब १५ किलोमिटर उत्तर(पूर्वको चुरेफेदमा पर्छ अँधेरीगाउँ । मिर्चैया नगरपालिका(९ को यो गाउँवासीले हिजोआज धित् मरुञ्जेल पानी प...

‘चाँगुमा डोजर आतङ्क रोक्न मिलेर अगाडि बढ्नुपर्छ’

भक्तपुर । भक्तपुरको चाँगुनारायण क्षेत्रमा जताततै डोजर चलेका देखिन्छन् । हरिया डाँडा, प्राकृतिक सौन्दर्य, पुरातात्विक सम्पदा एवं प्रसिद्ध पर्यटकीस्थलका...

शेयर बजार उकालो लाग्दा कारोबार रकम ओारालो

काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ९३ अङ्कले बढेर दुई हजार एक सय १३ दशमलव २७ विन...

गृहमन्त्री लामिछानेकाे निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । उक्त रिटमाथि बुधबारका लागि पेशी तोकिएको ...

बलात्कार गरेको आरोपमा एकजना पक्राउ पक्राउ

पाल्पा । पाल्पामा महिला बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको रम्भा गाउँपालिका ५ स्थित होटलमा ३५ वर्षीया महिलालाई जबरजस्ती बलात्का। गरेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies