Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

जलवायु परिवर्तनले बैङ्ककको स्तानान्तरण बाध्य पार्न सक्ने अधिकारीहरूको चेतावनी

खबरडबली संवाददाता

एजेन्सी । थाइल्यान्डले बढ्दो समुद्री सतहका कारण आफ्नो राजधानी बैङ्कक स्थानान्तरण गर्ने विचार गर्नुपर्ने देशको जलवायु परिवर्तन विभागका एक वरिष्ठ अधिकारीले बुधबार बताएका छन् । 

बैङ्कक शताब्दीको अन्त्यअघि समुद्रले डुबानमा पर्ने जोखिम रहेको लगातारको अनुमानले देखाइरहेको छ । व्यस्त राजधानीको धेरैजसो भाग वर्षाका मौसममा बर्सेनि बाढीसँग जुधिरहेको छ । जलवायु परिवर्तन तथा वातावरण विभागका उपमहानिर्देशक पाभिच केसावाओङले सहरले हालको तापक्रमको मार्गमा विश्वसँग अनुकूलन गर्न नसक्ने चेतावनी दिए । 

“मलाई लाग्छ कि हामी पहिले नै एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा माथि छौँ, अब हामीले अनुकूलनका बारेमा सोच्नुपर्छ”, पूर्व–औद्योगिक स्तरबाट विश्वव्यापी तापक्रममा भएको वृद्धिलाई उल्लेख गर्दै उनले एएफपीलाई भने, “यदि हामी हाम्रो वर्तमान परिस्थितिमा रहिरह्यौँ भने बैङ्कक पानीमा डुबिसकेको हुनेछ भन्ने मलाई लाग्छ ।”

बैङ्कक सरकारले नेदरल्यान्ड्समा प्रयोग भएजस्तै बाँधहरूको निर्माण गर्ने उपायहरू खोजिरहेको छ । छलफल काल्पनिक भए पनि मुद्दा जटिल भएकोमा जोड दिँदै पाभिचले भने, “हामीले स्तानान्तरणबारे सोच्दै आएका छौँ, व्यक्तिगत रूपमा मलाई यो राम्रो विकल्प लाग्छ, त्यसैले हामीले राजधानी, सरकारी क्षेत्र र व्यापारिक क्षेत्रहरू अलग गर्न सक्छौँ ।”

थाइल्यान्डले गर्मी र खडेरीसँग सङ्घर्ष गरिरहेका किसानदेखि लिएर कोरल ब्लिचिङ र प्रदूषणबाट प्रभावित पर्यटन व्यवसायसम्म विभिन्न क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव झेलिरहेको छ । 

हालैको कोरल ब्लिचिङको प्रतिक्रियामा यसले धेरै राष्ट्रिय निकुञ्जहरू बन्द गरेको छ । पाभिचले थप निकुञ्ज बन्द हुने सम्भावना रहेको बताए । “हामीले हाम्रो प्रकृतिलाई जोगाउनु पर्छ, त्यसैले हाम्रा स्रोतहरूको रक्षा गर्न हामी कुनै पनि उपाय अवलम्बन गर्नेछौँ”, उनले भने । 

यद्यपि विशेषगरी थाइल्यान्डको उत्तरमा वायु प्रदूषणको बढ्दो समस्यालाई सम्बोधन गर्ने सरकारी प्रयासले अझै प्रतिफल दिन नसकेको पनि पाभिचले स्वीकार गरे । मन्त्रिपरिषद्ले यस वर्ष स्वच्छ हावामा केन्द्रित एउटा विधेयकलाई अनुमोदन गरेको तथा राष्ट्रिय निकुञ्जका अधिकारीहरूले संरक्षित क्षेत्रहरूमा आगलागी रोक्न र निभाउने प्रयासहरू बढाएको पाभिचले बताए । 

पाभिचले कार्बन मूल्य निर्धारण र न्यूनीकरणदेखि लिएर अनुकूलन उपायहरूसम्म सबै कुराको प्रावधान समावेश रहेको विधेयक यस वर्ष कानूनमा पारित हुने सम्भावना रहेको बताए । थाइल्यान्डले सन् २०५० सम्ममा कार्बन तटस्थता र सन् २०६५ सम्ममा शुद्ध–शून्यको लक्ष्य राखेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE