एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै प्रधानमन्त्री फिकोको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
“स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहारको खबरले गहिरो आघात लाग्यो । म यो कायरतापूर्ण कार्यको कडा निन्दा गर्दछु र प्रधानमन्त्री फिकोको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । भारत स्लोभाक गणतन्त्रका जनतासँग एकतामा उभिएको छ”, सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले भने ।
स्लोभाकियाका चौथो पटक प्रधानमन्त्री रहेका रोबर्ट फिको बुधबार (स्थानीय समय) ह्यान्ड्लोभामा गोली प्रहारमा परी घाइते हुनुभएको स्थानीय पत्रिका द स्लोभाक स्पेक्टेटरले जनाएको छ । आक्रमणपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
प्रधानमन्त्री फिको मानिसहरूलाई भेट्न निस्किँदा घटनास्थलमा गोली प्रहार गरिएको थियो भने आरोपित आक्रमणकारीलाई घटनास्थलमै पक्राउ गरिएको थियो र उक्त क्षेत्र खाली गराइएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार प्रधानमन्त्री फिको उनलाई स्वागत गर्ने मानिसहरूलाई भेट्न बाहिर आएपछि गोलीको आवाज सुनिएको थियो । त्यसपछि फिकोलाई रगतमा लतपतिएको अवस्थामा भुइँमा लडेको पाइएको थियो । यो घटना ह्यान्डलोभामा भएको सरकारी बैठकपछि भएको हो र घटनापश्चात प्रधानमन्त्री फिकोलाई तुरुन्त अस्पतालमा भर्ना गरिएको थियो ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले घटनाको बारेमा सुनेर आफू ‘स्तब्ध’ भएको बताए । “यो भयानक समाचार सुनेर स्तब्ध भएँ । हामी प्रधानमन्त्री फिको र उनको परिवारको साथमा छौँ”, सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री सुनकले लेखेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले स्लोभाकियाका प्रधानमन्त्रीविरुद्ध हिंसाको निन्दा गरेका छन् । “स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको आक्रमण भयावह छ । हामी हाम्रो छिमेकी साझेदार राज्यको सरकारका प्रमुखविरुद्धको हिंसाको कडा निन्दा गर्दछौँ”, जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: