मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु त्यही छोडेर फर्किन नपाउने भएका छन् ।
रारालाई प्लास्टिकमुक्त क्षेत्र बनाउने लक्ष्य लिएको रारा राष्ट्रिय निकुञ्जले यहाँ आउने पर्यटकले अब प्लास्टिकको सट्टा कपडाको झोला बोक्नुपर्ने र अत्याश्यक प्लाष्टिकजन्य वस्तु लिएमा फर्किदासँगै ल्याउनुपर्ने नियम लागू गरिएको निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए ।
पर्यटकले प्लास्टिकका झोला तथा प्लास्टिकजन्य वस्तु निकुञ्जभित्रै फाल्ने क्रम बढेकाले यस्तो निर्णय लिनुपरेको बताए ।
उनका अनुसार मङ्गलबारबाट यो नियम लागू गरिएको छ भने निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिे आफूसँग लगेका पानीका बोतल, प्लास्टिक झोला, प्लास्टिकमा प्याकिङ गरिएका खानेकुरा त्यहाँबाट फर्किएपछि काउन्टरमा बुझाउनुपर्ने नियम छ ।
“निकुञ्ज क्षेत्रभित्र प्रवेश गर्नुअघि झोलाको जाँच गरेर प्लास्टिकजन्य वस्तुको एकिन गरी अभिलेख राख्ने र घुमेर फर्कदा फेरि काउन्टरमा बुझाउनुपर्ने नियम लगाएका छौँ । नियम पालना नगरेमा रु दुई सयसम्म जरिवाना तिर्नुपर्ने छ”, घिमिरेले भने।
निकुञ्ज कार्यालयले लामो समयदेखि प्लास्टिक न्यूनीकरण अभियान सञ्चालन गरे पनि प्रभावकारी नभएपछि यस्तो नियम लागू गरेको जनाएको छ । पर्यटकले मात्र नभई निकुञ्जभित्र बस्ने नेपाली सेना, निकुञ्ज कार्यालयका कर्मचारीले पनि प्लास्टिकका झोला, खानेकुराका प्याकेटलगायतका सामग्री जथाभावी फाल्न र लिन पाउने छैनन् ।
अभियानलाई सफल पार्न जानकारीमूलक सूचना बोर्ड, पोस्टर र स्टिकर बनाइ प्रवेश नाका र भीडभाड हुने स्थानमा राख्ने योजना निकुञ्जको योजना छ ।
निकुञ्जभित्र प्रवेश गर्नेसल्लेरी, लामाचौर, ताल्चा, जेउड्यासहित चारवटा प्रवेशद्वारमा सुरक्षाजाँच कडा गरिएको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारीहरूले रारा क्षेत्रमा नियमित सरसफाइ गर्दै आएका छन् भने नेपाल विद्यार्थी सङ्घ मुगुले पनि गत पुस महिनादेखि प्रत्येक महिनाको अन्तिम शनिबार नियमित सरसफाइ गर्दै आएको छ ।
पछिल्लो समय रारा घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०८०÷८१ को चैत्रसम्म नेपाली पर्यटक आठ हजार तीन सय, सार्क राष्ट्रबाट ३५, विदेशी एक सय ८३ गरी आठ हजार पाँच सयले रारा भ्रमण गरेको तथ्याङ्क छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - ०८:१९
काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...
चैत्र १६ गते, २०८२ - ०८:१७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...
चैत्र १६ गते, २०८२ - ०८:१५
सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...
चैत्र १६ गते, २०८२ - ०८:१२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
चैत्र १६ गते, २०८२ - ०८:०९
रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...
चैत्र १६ गते, २०८२ - ०८:०२
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...
चैत्र १६ गते, २०८२ - ०७:४६
गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...
चैत्र १६ गते, २०८२ - ०७:४३
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने...
चैत्र १६ गते, २०८२ - ०७:४१
धनुषा । मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले एसइई परीक्षा विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले...
चैत्र १६ गते, २०८२ - ०७:३९
काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन सुधारका लागि ठूला संरचनागत परिवर्तन प्रस्ताव गर्दै एक दर्जन हाराहारी सार्वजनिक...



प्रतिकृया लेख्नुहोस्: