Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमण तीव्र हुने जेलेन्स्कीको अपेक्षा

खबरडबली संवाददाता

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार एएफपीसँगको एक विशेष अन्तर्वार्तामा रुसले उत्तरपूर्वी क्षेत्रमा आफ्नो आक्रमण बढाउने अपेक्षा रहेको भनदै किभसँग आक्रमण रोक्न आवश्यक हवाई रक्षाको एक चौथाई मात्र रहेको चेतावनी दिए । 

हालैका महिनामा केवल मध्यमप्रगति गरेका रूसी सेनाले १० मे मा खर्सिव क्षेत्रमा आश्चर्यजनक आक्रमण गरेका थिए जसको परिणामस्वरूप डेढ वर्षमा उनीहरूको सबैभन्दा ठूलो क्षेत्रीय लाभ भएको छ । युक्रेनी सेनाले रोक्नुअघि रुसी सेना उत्तरपूर्वी सीमामा पाँचदेखि दश किलोमिटर अगाडि बढ्न सफल भएको जेलेन्स्कीले बताए । यो क्षेत्रमा व्यापक आक्रमणको “पहिलो लहर” हुनसक्ने बताए । 

“म रुसका लागि यो एक ठूलो सफलता भन्न सक्दिन तर उनीहरू हाम्रो क्षेत्रमा प्रवेश गरिरहेका छन् भन्नेमा हामी सचेत हुनुपर्दछ”, आक्रमण सुरु भएदेखिको विदेशी मिडियासँगको आफ्नो पहिलो अन्तर्वार्तामा उनले भने । जेलेन्स्कीले खर्सिव क्षेत्रको स्थिति “नियन्त्रण” गरिएको तर “स्थिर नभएको” बताए । युद्धको तेस्रो वर्ष बित्दै जाँदा रसियाको हवाई श्रेष्ठताको सामना गर्न थप हवाई रक्षा र लडाकू जेटहरू पठाउनका लागि उनले सहयोगीलाई अनुरोध गरे । 

“युक्रेनलाई रुससँग हवाई “समानता” हासिल गर्न “१२० देखि १३०” एफ–१६ लडाकू जेट वा अन्य उन्नत विमान चाहिन्छ जेलेन्स्कीले बताए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस हप्ता चीन भ्रमणका क्रममा मस्कोले “सुरक्षा क्षेत्र” सिर्जना गर्न खोजिरहेको र युक्रेनले सीमा क्षेत्रमा गरेको गोलाबारीको बदलामा उत्तरपूर्वी क्षेत्रमा आक्रमण गरेको बताए । 

रूसी सेनाले मे ९  र १५ को बीचमा दुई सय ७८ वर्ग किलोमिटर कब्जा गरेको छ । यो २०२२ को अन्त्य पछि उनीहरूको सबैभन्दा ठूलो लाभ रहेको युद्ध अध्ययन संस्थानको डाटाले बताएको हो । रुसको आक्रमणपछि युक्रेनले उत्तरपूर्वी सीमा क्षेत्रबाट करिब नौ हजार मानिसलाई उद्धार गरेको छ । 

पुटिनले आफ्नो सीमाबाट करिब तीस किलोमिटर टाढा रहेको युक्रेनको दोस्रो सहर खर्सिवलाई कब्जा गर्ने कुनै इच्छा नभएको बताए । खर्सिव क्षेत्रका युक्रेनी गभर्नर ओलेग सिनेगुबोभले रूसले खर्सिव सहरबाट करिब बीस किलोमिटर उत्तरपूर्वमा रहेको लुक्यान्ट्सी गाउँ नजिकै आफ्नो पकड जमाउँदै गएको चेतावनी दिए । रुसी आक्रमण विस्तारको पूर्वानुमान गर्दा, जेलेन्स्कीले युक्रेनको कर्मचारी व्यवस्थापन र “मनोबल”सम्बन्धी समस्या रहेको स्वीकार गरे । 

युद्ध अन्त्यको कुनै सङ्केत नहुँदा, युक्रेनी सेना भर्तीका लागि सङ्घर्ष चलिरहेको छ र लडाकु रोटेसनको अभावमा थकित र रिसाइरहेका छन् । धेरै युक्रेनी सैनिक डिस्चार्ज हुने सम्भावना बिना नै निरन्तर दुई वर्षभन्दा बढी समयदेखि लडिरहेका छन् । शनिबार लागु हुने विवादास्पद परिचालन कानून अन्तर्गत किभले पुरुषहरूको उमेर सत्ताइसबाट घटाएर पच्चीस बनाएको छ । तर सांसदहरूले छत्तीस महिनाभन्दा बढी सेवा गरेका सैनिकहरूलाई डिस्चार्ज गर्ने विकल्प दिने प्रस्तावलाई खारेज गरेका छन् । 

जेलेन्स्कीले शुक्रबार प्यारोलको बदलामा कैदीहरू भर्ती गर्न अनुमति दिने कानूनमा पनि हस्ताक्षर गरे । पश्चिमी सहयोगीले युद्धको द्रुत अन्त्यका लागि दबाब दिँदै गर्दा जेलेन्स्कीले युक्रेनले अझै पनि लामो खेल खेल्नेमा जोड दिए । “पश्चिम युद्धको द्रुत अन्त्य चाहन्छ तर युक्रेनका लागि अन्तिम विजय रुसको पराजय निम्त्याउँछ”, उनले भने ।

रूसी सेनाले सीमा नजिकैको लगभग सुनसान सहर भोभचान्स्कलाई नष्ट गर्न थालेको युक्रेनी अधिकारीहरु बताउछन् । उनीहरूले आफ्नो कमान्ड मुख्यालयको रक्षा गर्न “मानव ढाल” का रूपमा प्रयोग गर्न दर्जनौँ सर्वसाधारणलाई पक्राउ गरेको आरोप पनि लगाएका छन् । 
किभले रुस र संलग्न क्रिमिया प्रायद्वीपमा ड्रोन प्रक्षेपण गर्दै यस हप्ता सबैभन्दा ठूलो मध्यको एक हवाई आक्रमण सुरु गर्यो । रुसी सेनाले देशको दक्षिण क्षेत्र, क्रिमिया र ब्ल्याक सीमा सयभन्दा बढी युक्रेनी ड्रोन खसालिएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending