काठमाडौं । ताइवानमा नयाँ राष्ट्रपति लाइ चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई दिनअघि शुक्रबार देशको संसदमा सांसदहरूबीच भीषण झडप भएको छ । सो क्रममा लात र मुक्का प्रहार समेत भएको थियो ।
कतिपय सांसद भने सभामुखको सिटमा पनि चढे । उनीहरुले एकअर्कालाई ताने र प्रहार गरेको देखियो । यसैबीच सांसद एक विधेयकसँग सम्बन्धित कागजात लिएर सदनबाट भागेका थिए । ताइवान संसदमा एक प्रस्ताव ल्याइएको छ । यस अन्तर्गत विपक्षी सांसदहरुलाई सरकारको काम कारवाहीमा नजर राख्न थप अधिकार दिइने बताइएको छ । यसका साथै संसदमा झुटा बयान दिने सरकारी कर्मचारीमाथि फौजदारी मुद्दा चलाइनेछ ।
मिडिया रिपोर्टका अनुसार यस विधेयकमा मतदान हुनुअघि नयाँ राष्ट्रपति चिङ तेहको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) र चीन समर्थक विपक्षी कुओमिन्ताङ (केएमटी) पार्टीका सांसदहरूबीच झडप भएको थियो । सांसदहरू सदनमा पुगेपछि एक आपसमा आरोप लगाउन थाले ।
मे २० मा, ताइवानको नयाँ राष्ट्रपति लाइ चिंग टेले पदको सपथ लिनेछन् । तर, उनको पार्टी डिपीपीको संसदमा बहुमत छैन । ताइवानको मुख्य विपक्षी दल केएमटीसँग डीपीपीभन्दा बढी सिट छ । यद्यपि, बहुमतमा आउन ताइवान पिपुल्स पार्टी (टिपीपी) सँग गठबन्धन बनाउनुपर्नेछ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार बहुमतमा रहेकाले विपक्षी दलले सरकारमाथि नजर राख्न संसदमा आफ्ना सदस्यहरूलाई थप शक्ति दिन चाहन्छ । चिङ तेहको पार्टी डीपीपीले विपक्षीले विधेयक संसदमा पास गराउन दबाब दिन खोजेको आरोप संविधानको उल्लङ्घन भएको आरोप लगाएको छ ।
सत्तारुढ प्रजातान्त्रिक गणतन्त्र पार्टीका सांसदहरुले विधेयकमा पहिले प्रक्रियाअनुसार छलफल हुनुपर्ने माग राखेका छन् । विपक्षी दलले आफ्नो शक्तिको दुरुपयोग गर्नका लागि यो विधेयक पारित हुन दिन नचाहेको आरोप लगाएका छन् ।
यसअघि पनि ताइवानको संसदमा यस्ता घटना बाहिर आएका छन् । सन् २०२० मा पनि अमेरिकाबाट सुँगुरको मासु आयातको विरोध गर्दै केएमटीका सांसदहरूले संसदमा सुँगुरको आन्द्रा हानेका थिए ।
ताइवानमा यसै वर्ष जनवरीमा राष्ट्रपतिको निर्वाचन भएको थियो । त्यसमा सत्तारुढ दलका नेता विलियम लाइ चिङ–टे विजयी भएका थिए । यो त्यही नेता हुन् जसलाई चीनले मतदानअघि खतरनाक पृथकतावादी भनेको थियो । चुनाव अघि, चीनले मतदाताहरूलाई सैन्य द्वन्द्वबाट बच्न चाहनुहुन्छ भने सही छनौट गर्न चेतावनी दियो ।
ताइवानको कुओमिन्ताङ पार्टी (केएमटी) ले हउ यु इहलाई चिङ तेसँग बाजी लगाएको थियो । केएमटी त्यही पार्टी हो जसको सरकारले चिनियाँ कम्युनिष्टहरूसँग गृहयुद्ध हारेपछि ताइवान टापुमा बसोबास गरेको थियो । पार्टीले चुनाव जितेमा चीनसँग फेरि वार्ता गर्ने बताएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: