एजेन्सी । संयुक्त राष्ट्रसङ्घका मानवीय प्रमुख मार्टिन ग्रिफिथले आइतबार घेरामा परेको गाजामा अनिकालको चेतावनी दिँदै त्यहाँसम्म पुग्ने सहयातामाथिको अवरोधबाट ‘सर्वनाश’ परिणामको खतरा रहेको बताएका छन् ।
“यदि इन्धन समाप्त भयो भने मानिसहरूलाई आवश्यक पर्ने स्थानहरूमा सहायता पुग्दैन, हामीले लामो समयदेखि भन्दै आइरहेको अनिकाल कायम रहने छ”, दोहामा कतारी अधिकारीहरूको बैठकका अवसरमा एएफपीलाई उनले भने, “मलाई लाग्छ अन्तर्राष्ट्रिय समुदायको नागरिकहरूका रूपमा हाम्रो चिन्ता, यसको परिणाम वास्तवमा अत्यन्त कठिन हुँदैछ, कठिन, कठिन र सर्वनाशकारी ।”
अन्तर्राष्ट्रिय आक्रोशका बीच दक्षिणी गाजा सहर रफाहमा इजराइली घुसपैठले गाजा पट्टीमा पहिलादेखि नै खतरनाक मानवीय सङ्कटलाई अझ गहिरो बनाएको छ ।
मानवीय मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव तथा आपत्कालीन राहत समन्वयकर्ता ग्रिफिथले दैनिक करिब ५० ट्रक सहायता गाजाको सबैभन्दा बढी प्रभावित उत्तरसम्म पुनः खोलिएको इरेज क्रसिङमार्फत पुग्नसक्ने बताए ।
यद्यपि गाजाको दक्षिणमा रफाह र केरेम शालोम क्रसिङ नजिकै लडाइँहरूको अर्थ महत्त्वपूर्ण मार्गहरू ‘प्रभावकारीरूपमा अवरुद्ध’ भएको उनले बताए । “त्यसैले दक्षिण र रफाहका लागि स्थलमार्ग पस्ने सहायता र रफाहबाट करिब शून्य छ”, उनले भने ।
राष्ट्रसङ्घले शनिबार रफाहमा हमास लडाकूहरूमाथि इजराइलको आक्रमणले आठ लाख मानिस ‘पलायनका लागि बाध्य’ भएको बताएको छ । इन्धन, खाद्यान्न र औषधि सकिँदै गएपछि दक्षिणी गाजा सहरमा सैन्य कारवाही ‘हामीले आशङ्का गरेको जस्तो’ भएको ग्रिफिथले बताए ।
“हामी सबैले अत्यन्त स्पष्टरूपमा रफाह कारवाही मानवीय दृष्टिले विपत्ति हो भनेका छौँ, रफाहमा पहिलादेखि नै विस्थापित मानिसका लागि विपत्ति हो, यो उनीहरूको चौथो वा पाँचौँ विस्थापन हो”, उनले भने ।
प्रमुख स्थल क्रसिङ बन्द भएपछि यसै साता संयुक्त राज्य अमेरिकाले बनाएको अस्थायी फ्लोटिङ घाटमार्फत केही राहत आपूर्ति सुरु भएको छ । ग्रिफिथले समुद्री अभियानबाट ‘केही ट्रकको सहायता प्राप्त हुन थालेको’ भन्दै ‘यो स्थल मार्गको प्रतिस्थापन नभएको’ चेतावनी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: