Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन संयुक्त राष्ट्रसङ्घको आग्रह

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार दुईसयभन्दा बढी आणविक सामग्री चोरी वा अन्य घटनाहरू दर्ता भएको भन्दै सोमबार आणविक र अन्य रेडियोधर्मी सामग्रीको तस्करीविरुद्ध ‘सतर्कता’ अपनाउन आह्वान गरेको छ । 

गत वर्ष ३१ वटा देशले १६८ वटा चोरी र तस्करीको घटना दर्ता गरेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) ले जनाएको छ । यसमध्ये छ वटा सम्भवतः तस्करी वा दुर्भावनापूर्ण प्रयोगसँग सम्बन्धित रहेको पुष्टि भएको आइएइएले बताएको हो । 

सन् १९९३  देखि आइएइएले चार हजार २४३ वटा घटनाहरू रेकर्ड गरेको छ जसमध्ये ३५० घटना तस्करी वा दुर्भावनापूर्ण प्रयोगसँग जोडिएको पाइएको छ । 

“घटनाहरूको पुनरावृत्तिले रेडियोधर्मी सामग्रीको नियन्त्रण, सुरक्षा र उचित डिस्पोज गर्न नियामक निरीक्षणको सतर्कता र निरन्तर सुधारको आवश्यकतालाई पुष्टि गर्दछ,” आइएइएका आणविक सुरक्षा महाशाखाकी निर्देशक एलेना बुग्लोभाले भने । 

आइएइएले युरेनियम, प्लुटोनियम र थोरियमजस्ता आणविक सामग्री समावेश भएका घटनाहरूमा गिरावट आएको उल्लेख गरेको छ । बुग्लोभाले विशेष गरी ओसारपसारका क्रममा बढी असुरक्षित रहने बताउँदै ओसारपसारसम्बन्धी सुरक्षा उपायलाई सुदृढ पार्न महत्वपूर्ण रहेकोमा जोड दिए । 

अस्ट्रियाको राजधानीमा शुक्रबारसम्म चल्ने आणविक सुरक्षासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै भियनास्थित आइएइए कार्यालयले यो तथ्याङ्क सार्वजनिक गरेको हो । यसअघि सन् २०२० मा भियनामा यो सम्मेलन आयोजना गरिएको थियो । 

हाल कूल १४५ राज्यले आणविक वा अन्य रेडियोधर्मी सामग्री हराएको, चोरी भएको, अनुचित रूपमा डिस्पोज गरिएको वा अन्यथा बेवास्ता गरिएको घटनाहरू आइएइएमा जानकारी गराएका छन् । रेडियोधर्मी पदार्थहरू विशेषत विश्वभरका अस्पताल, विश्वविद्यालय र उद्योगमा प्रयोग गरिन्छ । 

यस विषयमा चरमपन्थीहरूले सामग्रीहरू प्राप्त गरी तिनीहरूलाई ‘डर्टी बम’ का रूपमा प्रयोग गर्नसक्ने ठुलो चिन्ता रहेको छ । ‘डर्टी बम’ले विखण्डित वा ‘फ्यूजन एटम बम’को तुलनामा कम क्षति पुर्‍याउने भएपनि  यसले सहरी क्षेत्रमा ठूलो आतङ्क निम्त्याउन सक्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending