Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सभामुखको भूमिकाप्रति कांग्रेस असन्तुष्ट

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे निष्पक्ष नभएको आरोप लगाउँदै उनको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । 

नेपाली कांग्रेस संसदीय दलको आजको बैठकले प्रतिनिधिसभामा सभामुखले आज निर्वाह गरेकाे भूमिका पदीय गरिमा अनुकूल नभएको ठहर गर्दै त्यसप्रति प्रश्न उठाएको हो । 

कांग्रेसले प्रतिनिधिसभामा विपक्षी दलको विरोध र नाराबाजीबीच संसद् बैठकका कार्यसूची अघि बढाएको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाएको हो । “सङ्घीय संसद्को  गरिमामय सभभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग हुने अवस्थाले संसदीय मूल्यमान्यतालाई कुठाराघात गर्दछ । 

तसर्थ कांग्रेस संसदीय दलको यो बैठक सभामुखलाई संसदीय मूल्यमान्यता र परम्परा जोगाउनेतर्फ काम गर्न गम्भीररुपले ध्यानाकर्षण गर्दछ”, बैठकको निर्णयमा उल्लेख छ ।

विपक्षी दलको विरोध र नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अघि बढाएको र नेपाली कांग्रेसका सांसदलाई बोल्न नदिएको कांग्रेस संसदीय दलको आरोप छ । संसदीय दलको बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख सचेतक रमेश लेखकले सभामुखले पार्टीको कार्यकर्ता जस्तो व्यवहार गर्न सुहाउँदैन भने । लोकतान्त्रिक एवं संसदीय मूल्यमान्यता बिर्सेर संसद् बैठक सञ्चालन गर्ननहुने निष्कर्ष कांग्रेसको छ ।   
प्रधानमन्त्रीले विश्वासको मत लिन ३० दिनको समायावधि रहेकामा विपक्षी दलहरुको मागबमोजिम संसदीय छानबिन समिति गठन गर्नुको साटो पर्याप्त समय हुँदाहुँदै विश्वासको मत लिने प्रक्रिया पूरा गराउनु अनुपयुक्त भएको सचेतक लेखकले बताए । 

कांग्रेससहित सङ्घीय संसद्मा रहेका सबै विपक्षी दलहरुले सहकारी ठगीसम्बन्धमा स्वतन्त्र र निष्पक्ष छानबिनको सुनिश्चितता गर्न संसदीय छानबिन समिति गठनको माग जारी राखेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु

कोलम्बो । श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक सुरुआत गर्दै डिजिटल प्रविधिको नयाँ चरणमा प्रवेश गरेको छ। देशका दुई ...

साउदी अरबमा गैर–मुस्लिम विदेशीका लागि मदिरा पसलको पहुँच विस्तार

रियाद । साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा पहुँच विस्तार गरेको छ । यस निर्णयसँगै अब धनी गैर–मुस्लिम विदेशी बासिन्दाहरूले पनि...

अफगानिस्तानमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ जना घाइते

काबुल । अफगानिस्तानको उत्तरी बग्लान प्रान्तमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटनामा पर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। ...

तिला लघु जलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला । जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघु जलविद्युत् आयोजनाका करोडौँ मूल्यका विद्युतीय उपकरण अलपत्र परेका छन् । लामो समयदेखि जलविद्युत् आयोजन...

कानुनलाई सरल बनाउन अध्ययन सुरु : मन्त्री सिन्हा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानुन निर्माणको ढाँचा, भाषा र शब्दमा एकरुपता कायम गर्न अध्ययन सुरु भएको बताएका छन्...

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला । तातोपानी गाउँपालिकामा हालसम्म रु सात करोड २४ लाख ९० हजार खर्च भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु ५३ करोड ५९ लाख ८२ हजारको बजेट व...

स्वास्थ्य सेवाको पहुँच बढाउँदै धनगढी उपमहानगर

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले पछिल्लो समय नागरिकलाई स्वास्थ्य सेवाको पहुँच बढाउँदै यस क्षेत्रमा उल्लेख्य सुधार गर्दै गएको छ ।  उपमहानगरल...

मनाङको दुर्गम भूभागमा नयाँ हिमताल फेला

मनाङ ।  मनाङ जिल्लाको चामे गाउँपालिका–४ अन्तर्गत पर्ने सिङ्गारखर्क क्षेत्रमा हालै पहिचान भएको ‘काजिनसारा ताल’ वैज्ञानिक अध्ययन र औपचारिक प्रमाणीकरणको ...

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending