Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

काभ्रेमा घरभित्रै हम्मरले टाउकोमा हानेर पतिपत्नीको हत्या

खबरडबली संवाददाता

काभ्रे । काभ्रेको महाभारतमा पतिपत्नीको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारीअनुसार महाभारत गाउँपालिका ४ महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बल मंगलबार साँझ घरभित्रै मृत फेला परेका हुन्।

टाउकोमा हम्मरले हानेर उनीहरुको हत्या गरेको अवस्थामा घरभित्रै शव फेला परेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए। प्रहरीले भने हत्याको पुष्टि गरे पनि घटनाको विस्तृत विवरण खुलाएको छैन।

बल दम्पतीले गाउँमा पसल सञ्चालन गर्दै आएका थिए। पतिको शव पसल रहेको कोठामा र पत्नीको शव भान्सा कोठामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए। 

बल दम्पतीका तीन छोरा र एक छोरी छन्। तर उनीहरु काठमाडौँमा बस्दै आएका छन्। उनीहरुको हत्या सोमबार राति नै भएको स्थानीयको आशंका छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

रामेछाप । रामेछापको मन्थली नगरपालिका–७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षका भए । उनको मुख्य पेसा मादल बनाउने हो । उनीसँग सम्पत्तिका नाममा जम्मा दुई ...

कम्बोडियाका प्रधानमन्त्री र सभामुख घिमिरेबीच भेटवार्ता

कम्बोडिया । पाँच दिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँ...

नौकिलो ट्रक दुर्घटना अपडेट- ३ जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना-६ स्थित नौकिलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार साँ...

लालझाडीमा जंगली हात्तीको आतंक

कञ्चनपुर । जंगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन्। घरभित्र रा...

जम्न थाले मनाङका नदी र ताल

मनाङ । जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन्। यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन्। उचाइअनुसार नै यस क्षेत्रका नदी...

बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।  सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला ...

प्रधानमन्त्रीलाई बाबुरामको सुझाव- प्रतिस्पर्धी शक्ति चीन र भारतसँगको भूराजनीतिक स्थितिलाई ध्यान दिनुपर्छ

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा बाबुराम भट्टराई प्रधानमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित हुने भएका छन् ।   चीन भ्रमणको तय...

नेपाल प्रहरीका आठ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डिआइजी) बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको बढुवा समि...

चीन भ्रमणका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए बैठक

काठमाडौं । आसन्न चीन भ्रमणका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाई आज छलफलमा बोलाएका छन्। प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री...

चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित

ढोरपाटन । चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका-९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy