काठमाडौं । कामीरिता शेर्पाले ३०औं पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन्। सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन्।
‘कामीरिता शेर्पाले सगरमाथा शिखमा ३० औं पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ,’ सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने । वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन्।
फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार आजसम्म आरोही र शेर्पा सहयोगी गरी चार सय ६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्।
सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ।
सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन् । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए।
गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरु भएको हो । आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन्। अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - २१:५९
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाईसमेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेका छन्...
पौष ८ गते, २०८१ - २१:५२
काठमाडौं । हुम्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । जिल्लाको सर्केगाड गाउँपालिकामा रहेको नेपाल टेलिकमका वी.टी.एस. टावरमा क्षती पुर्याईएका कारण से...
पौष ८ गते, २०८१ - २१:५२
काठमाडौं । हुम्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । जिल्लाको सर्केगाड गाउँपालिकामा रहेको नेपाल टेलिकमका वी.टी.एस. टावरमा क्षती पुर्याईएका कारण से...
पौष ८ गते, २०८१ - २१:३४
काठमाडौं । जनता समादवादी पार्टी नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले शासकको साम्प्रदायिक चरित्र खेलप्रेमीमा पनि देखिनुु दुखद् भएको बताएका छन् । ...
पौष ८ गते, २०८१ - २१:३०
काठमाडौं । लोकप्रिय नायिका प्रियंका कार्की अभिनित गायिका नम्रता तामाङको गीत 'दिलमा चुकुल'को म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित संगीतकार ...
पौष ८ गते, २०८१ - १२:१८
काठमाडौं । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौड...
पौष ८ गते, २०८१ - १२:०२
काठमाडौं । जिल्ला अदालतले थुनामा राख्न पठाइएकी प्रहरी इन्स्पेक्टर बीनुकुमारी शाहीलाई अहिले फेरि अदालत लगिदैछ । आइतबार बयानका निम्ति इन्स्पेक्टर शा...
पौष ८ गते, २०८१ - ११:४०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रत...
पौष ८ गते, २०८१ - १०:२९
कैलाली । भारतीय पक्षले नेपाली भूमिमा हस्तक्षेप नगर्ने बताएपछि एक्स्काभेटर र चालकलाई नियन्त्रण मुक्त गरिएको छ । महाकाली नदीमा तटबन्ध बनाउने क्रममा भारत...
पौष ८ गते, २०८१ - १०:२९
कास्की । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बय...
प्रतिकृया लेख्नुहोस्: