Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

भारतमा वेपत्ता बङ्गलादेशी सांसद्को खोजी सुरू

खबरडबली संवाददाता

काठमाडौं । गत हप्तादेखि  भारतबाट बेपत्ता भएका बङ्लादेशको सत्तारूढ पार्टी अवामी लिगका सांसद्को खोजी गर्न उच्चस्तरीय खोजी अभियान सुरु भएको छ ।

बेपत्ता सांसद अनवारुल आजिम मे १२ मा भारत प्रवेश गरी मे १३ मध्यान्नतिर साथीहरूसँग मेडिकल जाँचका लागि कोलकाता नजिकैको बिधाननगरको घरमा अन्तिम पटक देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

कोलकाताको बिधाननगरमा बस्दै आएका उनी निकट स्रोतका अनुसार आजिमले दिल्ली जाने बताएका थिए तर मे १३ देखि हालसम्म उनीसँग सम्पर्क भएको छैन । ढाकामा उनको परिवारलाई बिधाननगरका साथीले उनी दिल्लीतर्फ जाने बताएको मोबाइल सन्देशमार्फत् जानकारी गराएको बताइएको छ । 

सञ्चारको अभाव अचानक बेपत्ता भएको भन्दै चिन्तित सांसदका पारिवारलगायत सांसदकी छोरीले बुबासँग सम्पर्क गर्न असमर्थ भएको जनाएका छन् । परिवारले बिधाननगरको बारानगर पुलिस स्टेसनमा बेपत्ता भएको उजुरी दिएको छ । 

सांसद् अजिमको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “छोरीले बुबासँग कुराकानी गर्न सबै परिचितहरूलाई फोनमा सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।” 

दिल्लीका उच्चायुक्त र कोलकातास्थित बङ्गलादेशी बाणिज्य दूतावासले खोजीका लागि समन्वय गरेपछि भारतीय अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।

सांसदको परिवार र साथीहरूले भारत भ्रमण मुख्यतया चिकित्सा उद्देश्यका लागि भएको बताएका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

काठमाडौं । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राति १२ बजेदेखि सीमा नाका बन्द हुने भएको छ । बिहीवार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, ...

११ दल र १ हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ८६५ जना उम्मेद्वार...

इरानबारे २० तथ्य : सभ्यता, स्रोत र विशेषता

काठमाडाैं । पश्चिम एसियामा अवस्थित इरान (सन् १९३५ सम्म पर्सिया) विश्वका पुराना सभ्यतामध्ये एक मानिन्छ। करिब ९ करोडभन्दा बढी जनसंख्या भएको यो देश नेपाल...

इरानले गरेको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु

काठमाडौं ।  इरानले गरेको आक्रमणमा परेर यूएईमा  एक नेपालीको मृत्यु छ । यूएईको रक्षा मन्त्रालयका अनुसार इरानको मिसाइल आक्रमणबाट एक नेपालीसहित तीन जनाको ...

जनमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रतिबद्धता ...

सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती

सर्लाही । आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा नेपाली सेनाले बख्तरबन्द गाडीमार्फत गस्ती सुरु गरेको छ । आइतबार बिहानदेखि नेपाली सेनाक...

मतपेटिका ढुवानीदेखि मतगणना स्थलसम्मको सुरक्षामा सेना खटिने

काठमाडौं ।  नेपाली सेनाले विसं २०४८को प्रतिनिधिसभा निर्वाचनदेखिका सबै निर्वाचनमा नेपाली सेना परिचालन भई मतपत्र छपाइस्थलको सुरक्षा, मतपत्र ढुवानी र मतप...

दक्षिणी इरानस्थित विद्यालयमा भएको आक्रमणमा मर्ने छात्राको संख्या ६३ पुग्यो

तेहरान । दक्षिणी इरानको मिन्दाब काउन्टीस्थित एक छात्रा विद्यालयमा भएको भनिएको आक्रमणमा मृत्यु हुनेको संख्या कम्तीमा ६३ पुगेको स्थानीय गभर्नरले बताएका ...

ओलीलाई रञ्जितको चुनौती : “जित्नुहुन्न, वाम आन्दोलन जोगाउन मलाई सघाउनुस्”

काठमाडौं । झापा–५ का उम्मेदवार रञ्जित तामाङले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आफ्नो उम्मेदवारी कुनै हालतमा फिर्ता नलिने स्...

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

काठमाडाैे‌ ।   दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला गरेको छ। समाचारअनुसार एउटा इरानी ड्रोन बुर्ज खालिफा नजिकैको अर्को भवनमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE