Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

सरकारसँग पानी माग्दै काठमाडौं आइपुगे चुरेका जनता

खबरडबली संवाददाता

काठमाडौं । मधेस प्रदेशका विभिन्न जिल्लाका नागरिक सरकारसँग पानी माग्न काठमाडौं आइपुगेका छन् । २५ दिनको कष्टपूर्ण पैदल यात्रा गरेर उनीहरू बिहीबार मात्रै काठमाडौं आइपुगेका हुन् ।

जथाभावी चुरेको वन फँडानी, अवैध क्रसरधन्दा र गिट्टी-बालुवा दोहनले खानेपानी र सिँचाइका मुहान सुक्न थालेपछि अहिले तराईका धेरै जिल्लामा पानीको अभाव खड्किन थालेको छ । कल तथा ट्यूबेलहरूमा पानी सुक्न थालेको छ ।  सोही विषयमा सरकारको ध्यानाकर्षण गर्न उनीहरू काठमाडौं आएका हुन् । आजभन्दा पाँच सात वर्षअगाडि कमला तथा बालुवा जस्ता ठूला नदीहरूमा बाह्रमासै पानी बग्ने गरेको वीरगञ्जका दीपक यादव बताउँछन् । तर, अहिले ती ठूला नदीमा पानी नभएर वालुवा मात्रै रहेको उनी बताउँछन्  ।  सरकार आफुहरुले नै बनाएको र न्याय दिन्छ दिँदैन त्यो हेर्न बाँकी रहेको उनको भनाइ छ । 

वन अतिक्रमणले आजित उनीहरूमा सरकारप्रति झिनो आस छ । ‘चुरे रहे पानी, पानी रहे हामी’ भन्ने नारासहित उनीहरूले गत वैशाख १६ देखि चुरे संरक्षण पैदल यात्रा सुरु गरेका थिए ।

चुरे, वनजङ्गल संरक्षण, दलित भूमिहीन, सुकुम्वासीहरूको भूमि अधिकार र अवैध उत्खनन तथा सिर्सियालगायतका नदीको प्रदूषण एवम् अतिक्रमणको विरोध गर्दै उनीहरू सप्तरी जिल्लाको भारदहदेखि बाराको पथलैया हुँदै काठमाडौंसम्मको पैदल यात्रा गरेर २५औं दिन बिहीबार माइतीघर आइपुगेको जनकपूरकी शान्तिदेवी यादव बताउँछिन् । “पानी छैन अब के खाएर बाँच्नु, सरकारलाई मतलब छैन । स्थानीय निकायसँग पटक-पटक भनेको पनि हो, कुरै सुन्दैन,” उनी गुनासो गर्छिन् ।

दुई वर्षभन्दा बढी वन क्षेत्रमा कार्यालय प्रमुख भएर बसेका कर्मचारीलाई तत्काल सरुवा गर्नुपर्ने, चुरे क्षेत्रका खोलामा हुने अवैध क्रसरधन्दा र गिट्टी-बालुवा दोहन रोक्न ठोस कदम चाल्नुपर्ने, मधेसलाई सुक्खा क्षेत्र घोषणा गरी डढेलो नियन्त्रणका योजना बनाउनुपर्ने लगायतका उनीहरूका १२ वटा माग छन् ।

सोही विषयमा उनीहरूले सरकारलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy