Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

महानगरले किन न्यूरोड क्षेत्रको सडक पैदलयात्री मैत्री बनाउन खोज्दै छ ?

खबरडबली संवाददाता

काठमाडौँ । नयाँ सडक (न्यूरोड)क्षेत्रमा पहिले सवारी पार्किङ् गर्ने गरिएको भागबाट  पार्किङ् प्रयोजन हटाएपछि त्यो भाग पैदलयात्रीका लागि उपलब्ध गराउन लागिएको काठमाडौँ महानगरले सार्वजनिक निर्माण विभागले जानकारी दिएको छ ।

भित्री सहरी क्षेत्रको व्यवस्थापन महानगरपालिका आफैँले गरिरहेको छ । नयाँ सडकको मर्मत गर्ने, सुधार गर्ने, सडक कालोपत्रे गर्ने काम पहिले पनि महानगरपालिकाले गरिरहेको थियो । पैदलयात्रीको सुरक्षाका लागि बार महानगरपालिकाले नै राखेको हो ।

त्यस क्षेत्र भएर बग्ने ढल पनि महानगरपालिकाले नै राखेको हो । पूर्वाधार निर्माण र सहरी सुविधा वितरणका लागि यस अघि पनि काम गरिसकेको क्षेत्रमा अहिले पैदल मार्ग सुधार गर्ने योजनाअन्तर्गत काम हुन लागेको हो । योजना कार्यान्वयन गर्ने सन्दर्भमा सडक विभागलाई डिजाइन सम्लग्न राखेर २०८० असोज ४ गते पत्राचार भइसकेको छ ।  विभागका प्रमुख सुरज शाक्यले जानकारी दिए ।  

उनकाअनुसार पैदल मार्ग सुधार गर्दा आवागमन, व्यापार तथा स्थानीय सहजतालाई कुनै पनि असर गर्दैन, बरु बढाउँछ । जहाँ पैदल यात्रा धेरै हुन्छ, त्यो ठाउँको जीवन्तता अझ थपिन्छ । व्यापार झन बढ्छ । शाक्यले असन बजारको उदाहरण दिँदै भने, ‘पैदल मार्गको स्वरुपमा भएकोले न्युरोडमा भन्दा असनमा मानिसहरु बढी जान्छन् । धेरै सामान खरिद गर्छन् ।’ 

न्यूरोड क्षेत्रमा पैदल मार्ग सुधारको कुरा गर्दै उनले भने, ‘पहिले पार्किङ् हुन्थ्यो, अब पैदलयात्री हिँड्छन् । सवारी साधनका लागि टु वे सडक हुन्छ । दमकल, एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारी साधन सञ्चालनमा कुनै अवरोध हुँदैन । यत्ति मात्र हो कि यस क्षेत्र निजी सवारी साधन रोकेर राख्न पाइँदैन । सुरुसुरु गन्तव्यमा जानुपर्छ ।’ 

चालु आर्थिक बर्षको बजेटबाट यो काम प्रारम्भ भएको हो । यसको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) २०८० सालको असोज २१ गते स्वीकृत भएको हो । यसका आधारमा २०८० मंसिर ८ गते बोलपत्र आव्हान भयो । यसका लागि ७ वटा निर्माण कम्पनीले भाग लिएका थिए । करिब ३ करोड १९ लाख रुपैयाँ लागत अनुमान गरिएको कामका लागि करिब २ करोड ५६ लाख रुपैयाँ (२०.११५) घटी रकममा काम सम्पन्न गर्न प्रस्ताव गर्ने आरोग्य साइटेक जेभीलाई मूल्याङ्कन समितिले २०८१ वैशाख ६ गते छनोट गर्‍यो । 

छनोट भएको निर्माण पक्षलाई सार्वजनिक निर्माण विभागले जेठ ३ गते कार्यादेश दिएको छ । 

योजनाअनुसार नयाँ सडक, धर्मपथ, शुक्रपथ, खिचापोखरीसहितका सडक खण्डका पैदल मार्ग फराकिला हुनेछन् । यी क्षेत्रहरु वडा नं. २२, २३ र २४ मा पर्छन् । विभागकाअनुसार योजना स्वीकृत तथा कार्यान्वयन गर्ने सन्दर्भमा वडा कार्यालयहरु र सडक विभागलाई आवश्यक सहजीकरण र समन्वयका लागि यस अघि नै पत्र पठाइसकिएको छ । किनारालाई हरियाली बनाइनेछ । ठाउँ ठाउँमा ज्येष्ठ नागरिकलाई आराम गर्ने स्थल बनाइनेछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भीरबाट लडेर बैतडीमा एकको मृत्यु

वाशुलिङ बैतडी । भीरबाट लडेर जिल्लामा एक युवकको मृत्यु भएको छ । पाटन नगरपालिका–३ गुजरका २६ वर्षीय नरेश कोलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी ...

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित रु नौ करोड २ लाखमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ ।  नगरपालिकाका...

सवारी दुर्घटना हुँदा चार जना घाइते

हेटौँडा । मकवानपुरमा सवारी दुर्घटनामा चार जना घाइते भएका छन् ।दक्षिणकाली सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्सामा मङ्गलवार काठमाडौँबाट स...

बजारमा सुनको भाउ २ हजार २ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ भने...

कृत्रिम अभाव हुन नदिन बजार अनुगमन

बागलुङ। सदरमुकाम बागलुङ बजारमा खानेतेलको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न थालेको छ । जिल्ला प्रशासन, बागलुङ नगरपालिका, उपभोक्त...

प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथमा रुद्राभिषेक पूजा, शान्तिपूर्ण निर्वाचनप्रति धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज बिहान पशुपतिनाथ मन्दिर मा दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार शान्त...

आउँदो हप्ताभित्र नयाँ सरकार बन्छ, मैले विश्राम लिने समय आएको छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन हुन सक्ने बताएका छन्। नेपाल नागरिक लगानी कोष को वार्षिक उत्सवका अवसरमा आज आय...

कृत्रिम अभाव रोक्न पेट्रोल पम्प र ग्यास डिपोमा अनुगमन

बागलुङ। ग्यास  र पेट्रोलियम पदार्थको कृत्रिम अभाव र कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालय बागलुङले आयल निगमको सहकार्यमा बजार ग्यास डिपो र पेट्रोल पम...

सांसद् बन्ने भएपछि निफ्राबाट लीमा अधिकारीको राजीनामा

काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: