काठमाडौँ । नयाँ सडक (न्यूरोड)क्षेत्रमा पहिले सवारी पार्किङ् गर्ने गरिएको भागबाट पार्किङ् प्रयोजन हटाएपछि त्यो भाग पैदलयात्रीका लागि उपलब्ध गराउन लागिएको काठमाडौँ महानगरले सार्वजनिक निर्माण विभागले जानकारी दिएको छ ।
भित्री सहरी क्षेत्रको व्यवस्थापन महानगरपालिका आफैँले गरिरहेको छ । नयाँ सडकको मर्मत गर्ने, सुधार गर्ने, सडक कालोपत्रे गर्ने काम पहिले पनि महानगरपालिकाले गरिरहेको थियो । पैदलयात्रीको सुरक्षाका लागि बार महानगरपालिकाले नै राखेको हो ।
त्यस क्षेत्र भएर बग्ने ढल पनि महानगरपालिकाले नै राखेको हो । पूर्वाधार निर्माण र सहरी सुविधा वितरणका लागि यस अघि पनि काम गरिसकेको क्षेत्रमा अहिले पैदल मार्ग सुधार गर्ने योजनाअन्तर्गत काम हुन लागेको हो । योजना कार्यान्वयन गर्ने सन्दर्भमा सडक विभागलाई डिजाइन सम्लग्न राखेर २०८० असोज ४ गते पत्राचार भइसकेको छ । विभागका प्रमुख सुरज शाक्यले जानकारी दिए ।
उनकाअनुसार पैदल मार्ग सुधार गर्दा आवागमन, व्यापार तथा स्थानीय सहजतालाई कुनै पनि असर गर्दैन, बरु बढाउँछ । जहाँ पैदल यात्रा धेरै हुन्छ, त्यो ठाउँको जीवन्तता अझ थपिन्छ । व्यापार झन बढ्छ । शाक्यले असन बजारको उदाहरण दिँदै भने, ‘पैदल मार्गको स्वरुपमा भएकोले न्युरोडमा भन्दा असनमा मानिसहरु बढी जान्छन् । धेरै सामान खरिद गर्छन् ।’
न्यूरोड क्षेत्रमा पैदल मार्ग सुधारको कुरा गर्दै उनले भने, ‘पहिले पार्किङ् हुन्थ्यो, अब पैदलयात्री हिँड्छन् । सवारी साधनका लागि टु वे सडक हुन्छ । दमकल, एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारी साधन सञ्चालनमा कुनै अवरोध हुँदैन । यत्ति मात्र हो कि यस क्षेत्र निजी सवारी साधन रोकेर राख्न पाइँदैन । सुरुसुरु गन्तव्यमा जानुपर्छ ।’
चालु आर्थिक बर्षको बजेटबाट यो काम प्रारम्भ भएको हो । यसको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) २०८० सालको असोज २१ गते स्वीकृत भएको हो । यसका आधारमा २०८० मंसिर ८ गते बोलपत्र आव्हान भयो । यसका लागि ७ वटा निर्माण कम्पनीले भाग लिएका थिए । करिब ३ करोड १९ लाख रुपैयाँ लागत अनुमान गरिएको कामका लागि करिब २ करोड ५६ लाख रुपैयाँ (२०.११५) घटी रकममा काम सम्पन्न गर्न प्रस्ताव गर्ने आरोग्य साइटेक जेभीलाई मूल्याङ्कन समितिले २०८१ वैशाख ६ गते छनोट गर्यो ।
छनोट भएको निर्माण पक्षलाई सार्वजनिक निर्माण विभागले जेठ ३ गते कार्यादेश दिएको छ ।
योजनाअनुसार नयाँ सडक, धर्मपथ, शुक्रपथ, खिचापोखरीसहितका सडक खण्डका पैदल मार्ग फराकिला हुनेछन् । यी क्षेत्रहरु वडा नं. २२, २३ र २४ मा पर्छन् । विभागकाअनुसार योजना स्वीकृत तथा कार्यान्वयन गर्ने सन्दर्भमा वडा कार्यालयहरु र सडक विभागलाई आवश्यक सहजीकरण र समन्वयका लागि यस अघि नै पत्र पठाइसकिएको छ । किनारालाई हरियाली बनाइनेछ । ठाउँ ठाउँमा ज्येष्ठ नागरिकलाई आराम गर्ने स्थल बनाइनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: