Ntc summer Offer
Khabar Dabali १३ माघ २०८१ आईतवार | 26th January, 2025 Sun
Investment bank

सदन खुलाउन सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग प्रचण्डले गरेको छलफल निष्कर्ष विहीन

खबरडबली संवाददाता

काठमाडौं । प्रमुखदलका शिर्ष नेताहरुको बैठकमा कार्यादेश बारे सहमति भएको छैन । 

बालुवाटारमा भएको बैठकमा सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बारे निष्कर्षमा नपुगेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिएका हुन् ।

आजको बैठकमा प्रधानमन्त्रीले सत्ता पक्ष र विपक्षी नेताहरुसँग अलग अलग समेत छलफल गरेको जानकारी दिदै बैठकमा सहमति नभएको बताए । प्रधानमन्त्रीले आज साँझसम्म बसेर टुंगाउने बताएको परियारले बताएका छन् । उनले प्रधानमन्त्रीको पहल राम्रो देखिए पनि समग्र सत्ता पक्ष सकारात्मक नभएको उनले बताए ।

परियारले आजै कांग्रेसले पदाधिकारी र पुर्व पदाधिकारीहरुबीच छलफल गर्ने बताए ।

कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा विवाद रहेको छ । सत्ता पक्ष नाम उल्लेख नगर्ने पक्षमा छन् भने कांग्रेसले नाम उल्लेख गरेरै छानबिन गर्नुपर्ने अडान लिदै आएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियार सहभागी छन् भने एमालेबाट कानुनमन्त्री पदम गिरी, कार्यदल सदस्य महेश बर्तौला सहभागी छन् । त्यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् भने रास्वपाबाट सभापति तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। संसदको अधिवेसन सुरू हुनु ३ दिन अघि अर्थात आगामी माघ १५ गतेका लागि दलको बैठक बोलाएको हो। राष्...

सोनाम ल्होछारमा ३ दिन सार्वजनिक बिदा

हेटौँडा। मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको नयाँ वर्षको ...

नक्कली भुटानी शरणार्थी प्रकरणः सचिव पाण्डेलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन

काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दाय...

फक्स न्युजका पुर्व हाेस्ट अमेरिकाका रक्षा सचिव नियुक्त

वासिंगटन डिसी। अमेरिकामा फक्स न्यूजका प्रख्यात होस्ट पीट हेगसेथ रक्षा सचिवमा निर्वाचित भएका छन् ।  अमेरिकी सिनेटले रक्षा सचिवका लागि फक्स न्यूजका प...

आगामी १८ गतेदेखि हिउँदे अधिवेशन, पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं ।  संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ ।पहिलो दिन संसद्‌मा प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको सम्बोधन गर्न...

शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको आवश्यकता : मुख्यमन्त्री सिंह

महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको आवश्यकता रहेको बताएको छन । जनकपुरधाममा आज प्रधा...

प्रेस चौतारी नेपाल बाँकेको अध्यक्षमा कमल डाँगी निर्वाचित

काठमाडौं । प्रेस चौतारी नेपाल बाँकेको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनबाट कमल डाँगी सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएको  छन ।  कमिटी...

प्रेस चौतारी मोरङको अध्यक्षमा चिना थापा सर्वसम्मत

काठमाडौं । प्रेस चौतारी नेपाल मोरङको नवौँ जिल्ला अधिवेशन शनिबार बिराटनगरमा सम्पन्न भएको छ ।  अधिवेशनले चिना थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चय...

मदन राई बालयौन दुरूपयोगमा अदालतबाट दोषी ठहर

काठमाडौं । जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ । कृषि विज्ञका रूपमा परिचित र आफैंले खोलेको'शुभद्रा मदन फा...

रबि लामिछाने माथीकाे मुद्दामा थुनछेक बहस सुरू, आजै आदेश आउन सक्ने

बुटवल। पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने माथीकाे थुनछेक बहस सुरू भएकाे छ। बिहीबार देखि रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको सुरू भए...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy