बागलुङ । सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा गत राति पहिरो खसेको हो ।
पहिरोले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्बेनी सडक पूर्णरुपमा अवरुद्ध भएको हो । यसअघि फागुन ११ र २६ गते पनि सोही ठाउँमा पहिरो खसेको थियो । सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकैबेला आइतबार रातको समयमा एक्कासी पहाड खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले बताए।
“पहिरो खसेको ठाउँ निकै कमजोर छ, त्यहाँ पटकपटक पहिरो खसेर काममा बाधा पारिरहेको छ”, आयोजनाका इञ्जिनियर अरुण खत्रीले भने, “पहाड सिँगै खसेकाले यो पटक पनि सडक खुल्न समय लाग्छ ।” पहिरो खुलाउनका लागि आयोजना र निर्माण कम्पनीले आज बिहानैदेखि काम थालेका छन् ।
बरलवाको भिरमा खसेको सुक्खा पहिरोले सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएकाले करिडोर हुँदै लामो तथा छोटो दूरीका सवारीसाधन आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजार र दक्षिण जैमिनी तथा बरेङ गाउँपालिकाबाट बुटवललगायत ठाउँमा चल्ने सवारीसाधन रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २९ गते, २०८२ - १७:०१
काठमाडौँ। वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण सोमबार सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको...
बैशाख २९ गते, २०८२ - १६:५०
भरतपुर। नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । सोमबार दिउँसो करिव १:३० बजे भरतपुर महानगरपालिका– १७ का कुमार नेपालीको नदीमा डुबेर ...
बैशाख २९ गते, २०८२ - १६:४२
लमजुङ। यो वर्ष अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । गत अप्रिल महिनामा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले यस क्षेत्रको...
बैशाख २९ गते, २०८२ - १६:२६
बुटवल । पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा उपस्थित भएक...
बैशाख २९ गते, २०८२ - १६:१२
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनर्निर्माणमा सरकार लाग...
बैशाख २९ गते, २०८२ - १५:३०
जेनेभा । संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट)कर नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् । द...
बैशाख २९ गते, २०८२ - १५:१८
काठमाडौँ। भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्नुभन्दा केही दिनअघि महान ब्याट्सम्यान विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट तत्काल सन्न्य...
बैशाख २९ गते, २०८२ - १५:१२
काठमाडौँ । नेपाल भारतमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको गोल्डेन जुब्ली रङ्गशालामा...
बैशाख २९ गते, २०८२ - १५:०६
नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहन्तको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुन: खोलेको...
बैशाख २९ गते, २०८२ - १४:२५
काठमाडौं । काठमाडौंको जडीबुटी–पेप्सीकोला सडकखण्डमा निर्माण भएका अवैध संरचना भत्काउन एक महिने ‘अल्टिमेटम’ दिइएको छ । काठमाडौं महानगरपालिका र सडक विभागल...
प्रतिकृया लेख्नुहोस्: