Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

भैसैपाटीको नयाँ मन्त्री क्वाटरमा मन्त्रीको अनुगमन, साउनभित्रै सार्ने तयारी

खबरडबली संवाददाता

ललितपुर । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वाटर निर्माण आगामी साउनभित्र सकिने भएको छ । मन्त्री क्वाटरभित्रको अन्तिम चरणको काम सकिने अवस्था रहेको र साउनभित्रमा पुल्चोकस्थित क्वाटरमा रहेका मन्त्रीहरुलाई भैसेपार्टीस्थित नयाँ भवनमा सार्ने गरि अन्तिम चरणको काम भइरहेको छ ।

नयाँ मन्त्री क्वाटरको सोमवार अनुगमन गर्नुहुँदै शहरी विकास मन्त्री धनबहादुर बुढाले साउनभित्रमा पुल्चोक मन्त्री क्वाटरलाई भैसेपार्टीमा सारिने जानकारी दिए । मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका डिजी कुमार घिमिरे, सहचिवहरु पद्मकुमार मैनाली, चक्रवर्ति कण्ठ सहित भैसेपाटी पुगेका मन्त्री बुढाले मन्त्री क्वाटरको पछिल्लो प्रगतीवारे जानकारी लिनुभएको थियो ।

मन्त्री बुढाले यही साउनभित्रमा मन्त्रीज्यूहरुलाई सार्ने गरि निर्माणको काम सक्न निर्देशन दिनुभएको थियो । धेरैजसो काम सकिएपनि बाहिरी संरचना र क्वाटरभित्र साससज्जा गर्ने काम भइरहेको अनुगमनको क्रममा पाएकाले साउन महिनाभित्र हस्तान्तरण गर्न मन्त्री बुढाले निर्माण कम्पनीलाई समेत निर्देशन दिएका थिए ।मन्त्री बुढाले बनमन्त्री नवल किशोर साह र स्वास्थ्यमन्त्री प्रदीप यादवलाई समेत नयाँ क्वाटर हेर्न बोलाएका थिए ।

भैंसेपाटीमा मन्त्रीहरूका लागि २४ वटा र राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि क्वाटर निर्माण भइरहेको छ। प्रत्येक ११ आनामा एक जना मन्त्रीका लागि क्वाटर निर्माण गरिएको छ । जसअन्र्तगत ८ आनामा भवन निर्माण गरिएको छ ।

राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि भने आवास क्षेत्रफल बढाइएको विभागका महानिर्देशक कुमार घिमिरेले बताए । सहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागले मन्त्री क्वाटरसँगै अन्य संरचना पनि तयार गर्दैछ। हेलिप्याड, स्विमिङ पुल, ग्रोसरी भवन, सुरक्षाका लागि बस्ने प्रहरीका लागि ३ वटा ब्लक भवन, फाउन्टेनसँगको बगैंचा बनाउने काम अन्तिम चरणमा पगेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भीरबाट लडेर बैतडीमा एकको मृत्यु

वाशुलिङ बैतडी । भीरबाट लडेर जिल्लामा एक युवकको मृत्यु भएको छ । पाटन नगरपालिका–३ गुजरका २६ वर्षीय नरेश कोलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी ...

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित रु नौ करोड २ लाखमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ ।  नगरपालिकाका...

सवारी दुर्घटना हुँदा चार जना घाइते

हेटौँडा । मकवानपुरमा सवारी दुर्घटनामा चार जना घाइते भएका छन् ।दक्षिणकाली सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्सामा मङ्गलवार काठमाडौँबाट स...

बजारमा सुनको भाउ २ हजार २ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ भने...

कृत्रिम अभाव हुन नदिन बजार अनुगमन

बागलुङ। सदरमुकाम बागलुङ बजारमा खानेतेलको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न थालेको छ । जिल्ला प्रशासन, बागलुङ नगरपालिका, उपभोक्त...

प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथमा रुद्राभिषेक पूजा, शान्तिपूर्ण निर्वाचनप्रति धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज बिहान पशुपतिनाथ मन्दिर मा दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार शान्त...

आउँदो हप्ताभित्र नयाँ सरकार बन्छ, मैले विश्राम लिने समय आएको छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन हुन सक्ने बताएका छन्। नेपाल नागरिक लगानी कोष को वार्षिक उत्सवका अवसरमा आज आय...

कृत्रिम अभाव रोक्न पेट्रोल पम्प र ग्यास डिपोमा अनुगमन

बागलुङ। ग्यास  र पेट्रोलियम पदार्थको कृत्रिम अभाव र कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालय बागलुङले आयल निगमको सहकार्यमा बजार ग्यास डिपो र पेट्रोल पम...

सांसद् बन्ने भएपछि निफ्राबाट लीमा अधिकारीको राजीनामा

काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: