एजेन्सी । इजरायली रक्षा बलले हमास लडाकु समूहले गाजाको बैँकबाट लाखौँ शेकेल (इजरायली मुद्रा) चोरी गर्ने योजना बनाएको दस्तावेज सामाजिक सञ्जालमार्फत प्रदर्शन गरेको छ ।
“हमासले गाजामा रहेका बैँकको सेफ लुट्ने योजनाको आन्तरिक दस्तावेजको खुलासा गरेको एक महिनापछि हमासले गाजापट्टिमा रहेको बैंक अफ प्यालेस्टाइनको शाखाबाट लाखौं शेकेल चोरी गरेको थियो“, आइडिएफका अरबी प्रवक्ता लेफ्टिनेन्ट कर्नल अविचे अद्राईले एक्समा भने ।
बैंक अफ प्यालेस्टाइन जुडिया, सामरिया र गाजाभरी शाखा भएको सबैभन्दा ठुलो प्यालेस्टिनी बैंक हो । “मार्च १० मिति लेखिएको सो दस्तावेज अबु जिहाद नामक हमास समुहका सदस्यद्वारा तयार पारिएको थियो । सोहीअनुसार आन्दोलनका सदस्यले गाजामा रहेको बैंक अफ प्यालेस्टाइनका शाखाबाट चालिस करोडभन्दा बढी शेकेल चोरेका थिए”, अद्राइले जानकारी गराए । हमास समुहले पटक–पटक बैँक अफ प्यालेस्टाइनका विभिन्न शाखामा चोरी गरेका छन् ।
“गाजाका बासिन्दाले आर्थिक र सामाजिक सङ्कटको सामना गरिरहेका बेला हमासले आफ्नो साथै आफ्ना सदस्यको अस्तित्वका लागि गाजा पट्टीका नागरिकबाट कुनै हिचकिचाहट बिना चोरी गरिरहेको छ”, अद्राइले भने ।
गाजाका प्यालेस्टिनी बासिन्दा युद्धबाट विस्थापित भए पनि हमास नेताले वर्षौँदेखि आफू र आफ्नो परिवारलाई समृद्ध बनाउँदै आएका छन् हमासका नेता इस्माइल हानियाह, खालिद मशाल र मुसा अबु मर्जुकको संयुक्त एघार अर्ब डलरको व्यक्तिगत सम्पत्ति रहेको छ । जबकि संगठनको नेतृत्वले जम्मा एक अर्ब डलरको लगानी पोर्टफोलियो नियन्त्रण गर्ने इजरायलको प्रेस सर्भिसले सेप्टेम्बरमा जानकारी गराएको हो ।
युद्धअघि, हमासले इजिप्टबाट तस्करी गरिएका सामानमा बीस प्रतिशत कर लगाउने गरेको थियो र गाजाको कालो बजारी व्यापारबाट वार्षिक चालिस करोडभन्दा बढी अमेरिकी डलर कमाएको थियो ।
अक्टोबर ७ मा गाजा सीमा नजिकै इजरायली समुदायमा हमासको आक्रमणमा कम्तिमा एक हजार दुई सय मानिसले ज्यान गुमाउनुका साथै दुई सय ५२ इजरायली र विदेशीलाई बन्धक बनाइएको थियो । बाँकी रहेका एक सय २५ बन्धकमध्ये ३९ जनाको मृत्यु भएको विश्वास गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: