Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

मधेशका मुख्यमन्त्री आज राति १२ बजेपछि पदमुक्त हुँदै

विहीबार प्रदेश प्रमुखले नयाँ सरकारको आह्वान गर्ने

खबरडबली संवाददाता

जनकपुरधाम । विश्वासको मत सार्ने प्रस्ताव गरेका मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आजै राति १२ बजेपछि पदमुक्त हुने भएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएका कारण मुख्यमन्त्री यादव आज विश्वासको मत लिने तयारी गरेका थिए ।

प्रदेशसभा सचिवालयले पनि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको भन्दै आज दिउँसो ३ बजेका लागि बैठक डाकेको थियो । मुख्यमन्त्री यादवले भने अन्तिम समयमा आफू बिरामी परेको भन्दै विश्वासको मत लिने सम्बन्धी कार्यसूची सार्न सभामुखलाई आग्रह गर्दै पत्र पठाए ।

अहिले त्यो विषयमा निर्णय लिन सभामुख रामचन्द्र मण्डल कानूनी परामर्शमा व्यस्त छन् । प्रदेशसभा बैठक बस्ने र नबस्ने पनि अन्योल रहेकेा छ । मुख्यमन्त्री यादवले अब जेष्ठ २८ मा विश्वासको मत लिने बताएका छन् । तर त्यसअघि नै उनी पदमुक्त हुने भएका छन् ।

मुख्यमन्त्रीले एमाले र माओवादी सरकारबाट समर्थन फिर्ता लिएकाले संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिने सोचे । तर आफ्नै दल जसपा नेपाल विभाजन भएकाले पनि विश्वासको मत लिनुपर्ने कुरा बिर्सिए । सोही कारण उनको पद धरापमा परेको हाे ।

वैशाख २२ मा जसपा नेपाल विभाजन भएको थियो । दल विभाजन भए पनि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेकाे छ । यो व्यवस्था अनुसार मुख्यमन्त्रीले आजै विश्वासको मत लिनुपर्ने  कानुनी बाध्यता थियो ।

प्रदेशका प्रतिपक्षी तथा सत्ता गठबन्धनमा रहेका दलहरू पनि मुख्यमन्त्री स्वतः पदमुक्त भइसकेकाले नयाँ सरकारको आह्वान गर्न प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानाकर्षण गराएका छन् ।

प्रदेश प्रमुख भण्डारीले आज राति १२ बजेसम्म मुख्यमन्त्रीले विश्वासको मत लिएको औपचारिक जानकारी प्राप्त नभए भोली नयाँ सरकार गठनको प्रक्रिया अगाडी बढाउने तयारी गरेको बुझिएको छ ।

मुख्यमन्त्रीले आज विश्वासको मत नलिए भोली बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्ने प्रदेश प्रमुख भण्डारीकी स्वकीय सचिव टिकाराम उप्रेतीले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy