एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता ‘हश मनी’ दोषी ठहरिएपछि मङ्गलबार पहिलो पटक सन् २०२४ को राष्ट्रपतीय मनोनयनका लागि प्राथमिक निर्वाचनको अन्तिम चरणमा रिपब्लिकन मतदाताहरूको सामना गरेका छन् ।
पोर्नस्टार स्टोर्मी ड्यानियल्सले ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको र घटना सार्वजनिक नगर्न भन्दै पैसा (हश मनी) दिएको आरोप लगाए । साथै ड्यानियल्सलाई दिएको पैसाको हिसाबकिताब लुकाउन ट्रम्पले व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको आरोप लागेको थियो ।
पूर्व राष्ट्रपतिले मोन्टाना, न्यू जर्सी, न्यू मेक्सिको र साउथ डकोटामा रिपब्लिकन मत प्राप्त गरेसँगै उनले राष्ट्रपति जो बाइडेनबिरूद्ध आफ्नो मनोनयन सुनिश्चत गरेका छन् । केही राजनीतिक पर्यवेक्षकहरूले सन् २०१६ को चुनावलाई गैरकानुनी रूपमा प्रभाव पार्ने षड्यन्त्रमा झुठो व्यापारिक रेकर्ड बनाएको आरोपमा गत हप्ता दोषी ठहरिएपछि रिपब्लिकन मतदाताहरूले ट्रम्पको विभाजनकारी उम्मेद्वारीको विरोध गर्न सक्ने सन्देह व्यक्त गरेका थिए ।
ट्रम्पको अन्तिम रिपब्लिकन प्रतिद्वन्द्वी निक्की हेलीले आफ्नो अभियान अन्त्य गरेको दुई महिनापछि पनि इन्डियाना राज्यमा मे महिनामा भएको प्राइमरीमा लगभग २२ प्रतिशत मत प्राप्त गरेका छन् । त्यसैगरी मङ्गलबार न्यु मेक्सिकोमा ट्रम्पले ८५ प्रतिशत र हेलीले नौ प्रतिशत मत प्राप्त गरेका थिए ।
हेली उम्मेद्वार नरहेको मोन्टाना राज्यमा ट्रम्पले लगभग ९१ प्रतिशत मत प्राप्त गरे । न्यु जर्सी र साउथ डकोटामा पूर्व राष्ट्रपति ट्रम्प निर्विरोध मनोनित भएका हुन् ।
हेलीले मेरिल्याण्डको रिपब्लिकन प्राइमरी मतदाताको पाँचौं, नेब्रास्कामा १८.५ प्रतिशत र वेस्ट भर्जिनियामा ९.४ प्रतिशत मत प्राप्त गरे । संयुक्त राष्ट्रसङ्घकी पूर्व राजदूत हेलीले ट्रम्पलाई समर्थन गरिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: