Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धि र विकासका लागि पाँच समस्या र चुनौति पेश गरेका छन् । कोशी प्रदेशसभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि ४१ सांसदले उठाएका प्रश्नको आज जवाफ दिँदै मुख्यमन्त्री कार्कीले समस्या र चुनौति पेश गरेका हुन् ।

जसमा अस्थिर सरकारका कारण प्रदेशलाई स्थापित गराउन र विकासका प्रयासलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेको, राजनीतिक परिवेश अस्थिर रहेको, निर्वाचन प्रणालीका कारण कुनै एक दलको बहुमत नभएको, संघीय कानून र नीतिगत व्यवस्थामा ढिलाई भएको तथा प्रदेशको आन्तरिक आय कमी भएको मुख्यमन्त्रीले बताएका छन् ।

कोशी प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले जेठ २१ गते आगामी आर्थिक वर्ष २०८१–८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका थिए । जसमा दिगो, फराकिलो एवं समावेशी आर्थिक बृद्धि, सामाजिक क्षेत्रको विकास र सामाजिक न्याय, संघीयताको सबलीकरण र सुशासनको प्रवद्र्धन, समन्यायिक एवं सन्तुलित विकास, आर्थिक विकासको लागि लगानीमैत्री वातावरण, योजनाबद्ध विकासको लागि प्रभावकारी स्रोत परिचालन, बजेट प्रणालीको सुधार र आर्थिक अनुशासन तथा दिगो विकास र जलवायु परिवर्तनलाई मुख्य सैद्धान्तिक आधारको रुपमा लिइएको छ । यस्तै कृषिको आधुनिकिकरण र व्यवसायीकरण, पर्यटन, वन तथा वातावरण संरक्षण, पूर्वाधार विकास, औद्योगिक विकास र निजी क्षेत्रको प्रवद्र्धन, स्वास्थ्य सेवा तथा सामाजिक विकास, कानूनी शासन र विपद् व्यवस्थापन, रोजगारी प्रवर्धन तथा गरिबी निवारण, सार्वजनिक वित्तीय व्यवस्थापन र सार्वजनिक सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखिएको छ ।

प्रदेशसभामा जवाफ दिँदै मुख्यमन्त्री कार्कीले मध्यपहाडी लोकमार्ग क्षेत्रहरुमा पर्यटन र पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवाको व्यवस्थापन र कृषि उत्पादकत्वमा बृद्धि गरी स्थानीय कच्चा पदार्थमा आधारित उद्योगको विकास गरी आन्तरिक आप्रवासलाई रोक्दै खाली हुँदै गरेका पहाडलाई हराभरा बनाउने नीति लिएको बताए । आन्तरिक आय कमजोर बन्दै गएको र प्रदेश संरचना धान्ने चालू खर्च पनि नधान्ने अवस्थामा पुग्ने कुराप्रति सरकार चिन्तित रहेको बताउँदै उनले प्रदेशको आन्तरिक राजस्व अभिवृद्धि गर्ने कार्ययोजना तयार गरी आवश्यक नीतिगत, कानूनी तथा जनशक्ति सहितको संस्थागत व्यवस्था गरी आन्तरिक आय वृद्धि गर्ने जानकारी दिए ।

तथ्याङ्कमा आधारित नीति निर्माणमा सहयोग पु¥याउने गरी प्रदेश तथ्याङ्क, सूचना प्रणाली तथा अभिलेख व्यवस्थापनसम्बन्धी कानून तर्जुमा गर्ने, बेरुजू नहुने गरी कार्यसम्पादन गर्न तथा हाल कायम भएका बेरुजूहरू फस्र्यौटको कार्यलाई तीव्रता दिन बेरुजू न्यूनीकरण तथा फस्र्यौट सम्बन्धी कार्यविधि, २०८० को प्रभावकारी कार्यान्वयन गर्दै आर्थिक अनुशासन कायम गर्ने, सार्वजनिक यातायातलाई डिजिटलाईजेसन गरी सुरक्षित, मर्यादित, प्रविधिमैत्री यातायात सेवाको थालनी गर्ने, ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम’ सन्चालन गरी रोजगारी प्रवद्र्धन गर्ने, पूर्वाधारका बहुवर्षीय आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्ने उनले बताए ।

मुख्यमन्त्री कार्कीले ठूला आयोजना सुरु गर्दा प्रदेशलाई वित्तीय दबाब बढ्ने बताउँदै तत्काल नयाँ आयोजना निर्माण गर्न नसकिने जानकारी दिए । ‘प्रदेशको सार्वजनिक वित्तले दवाव र चाप व्यहोरिरहेको कारणले ठूला र नयाँ आयोजनालाई अघि बढाउन तत्काल नसकिएको अवस्था रहेको छ,’ उनले भने, ‘घिनाघाट विराटचौक सडक २ वर्षमा बनाउँछौं भनेको ५ वर्षमा पनि सकिएको छैन । अघिल्लो वर्ष हामीलाई वैशाख महिनामा सभा अर्ब पैसा आएन । अहिले अढाइ अर्ब पैसा घट्ने देखियो । आगामी आर्थिक वर्षमा पनि आउने पैसा अझै घट्नसक्ने देखिन्छ । त्यसो हुँदा सुविचारित ढंगले मात्रै काम गर्नुपर्छ भनेर ठूला आयोजनाहरु निर्माण नगर्ने कि भन्ने भएको छ ।’ पहाडमा पानी खान नपाएर बसाइ सराई भइरहेको, स्वास्थ्य उपचार, शिक्षा र सुरक्षाको जोखिमले पनि मानिसहरु तराई झरिरहेको बताउँदै यस्ता कुरालाई ध्यान दिएरै नीति तथा कार्यक्रम ल्याइएको उनले बताए ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभाका सांसदहरु गोम्बु शेर्पा, राजन राई र निर्मला लिम्बूले संशोधन प्रस्ताव पेश गरेका थिए । उनीहरुको संशोधन प्रस्तावमा उल्लेखित विषयलाई समेट्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाएसँगै संशोधन प्रस्ताव फिर्ता भएको छ । यस्तै प्रदेशसभाको बिहीबारकै बैठकले सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy