Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

सिन्धुलीका २३ विद्यालयमा ‘पुलिस टिचर’

खबरडबली संवाददाता

सिन्धुली । जिल्लाका २३ विद्यालयमा पुलिस टिचर नियुक्त गरिएको छ । विद्यार्थीलाई समाजलाई कसरी अपराधरहित, सुरक्षित, सभ्य बनाउन सिकाउन र सामुदायीक सुरक्षालाई संस्थागत गर्न सकिन्छ भनि सिकाउन लागि विद्यालयमा पुलिस टिचर नियुक्त गरिएको हो ।

जिल्ला सदरमुकामका १० वटा नीजि र १३ वटा सामुदायिक विद्यालयमा पुलिस टिचर नियुक्त गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । विद्यालयले खेलकुद, सामाजिक वा अन्य कुनै शिक्षकलाई पुलिस टिचरको रुपमा तोकेपछि प्रहरीले उनीहरुलाई नियुक्त गरेको हो । जिल्लाका सबै विद्यालयमा पुलिस टिचर नियुक्त गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पुलिस टिचरले आफ्नो विद्यालयका बालबालिकालाई आधारभूत सुरक्षा सचेतना, सडक सुरक्षा, आकस्मिक नम्बरहरुको प्रयोग, लागु औषध मादक पदार्थ, सुर्तिजन्य पदार्थ र साईबर अपराध, बालबालिका, यौनजन्य हिंसा र दुव्र्यवहार सम्बन्धि, सामाजिक विकृति, दाईजो प्रथा, बोक्सीको आरोप सम्बन्धि प्रशिक्षण गर्ने छन ।

यस्तै उनीहरुले विपद जोखिम न्युनिकरण, लैंगिक हिंसासँग आकर्षित कानुनहरु, एकद्धार संकट व्यवस्थापन केन्द्र लगाएतका ’boutमा समेत प्रशिक्षण दिने छन । प्रहरीले ति विद्यालयहरुमा प्रहरी विद्यालय सम्पर्क समिति समेत निर्माण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले एकल प्रयासले मात्र सामाजिक विकृति, लैंगिक हिंसा, बालबालिकामाथि हुने अपराध नियन्त्रण सम्भव नभएकाले प्रहरीले विद्यालय स्तरमा सचेतना दिने र सहकार्य गर्ने गरेको बताए ।

प्रहरीले स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रमको कार्यविधि बनाएर सो कार्यको सुरुवात गरेको हो । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले तयार गरेको पाठ्यक्रम अनुसार जिल्लामा पुलिस टिचर कार्यक्रम सुरु भएको हो ।

जिल्लाका सबै स्थानीय तहका सबै विद्यालयमा पुलिस टिचर नियुक्त गरिने र सबै विद्यालयमा प्रहरी विद्यालय सम्पर्क समिति निर्माण गरिने काफ्लेले बताए । यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रहरीसँग विद्यार्थी कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न विद्यालयका विद्यार्थीहरुसँग भेटघाट तथा विभिन्न विषयमा प्रत्यक्ष अन्तक्र्रिया समेत गरिरहेको छ ।

अभियानलाई सफल बनाउन र समुदाय सुरक्षालाई मजबुत बनाउन प्रहरीले दैनिक विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गरिरहेको पनि काफ्लेले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy