काठमाडौँ । अफगानिस्तानले जारी टी-२० विश्वकपमा न्यूजील्याण्डलाई हराएको छ ।
शनिबार बिहानसम्पन्न खेलमा अफगानिस्तानले न्यूजील्याण्डलाई ८४ रनको फराकिलो अन्तरले परजित गरेको हो । अस्गानिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको न्यूजील्याण्ड १५.२ ओभरमा ७५ रनमा अल आउट भएको थियो ।
न्यूजील्याण्डका लागि ग्लेन फिलिपले १८ र माट हेनरीले १२ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
त्यस्तै अफगानिस्तानका बलर राशिद खान र फाजलहक फारुकीले ४-४ विकेट लिएका थिए भने मोहमद नावीले २ विकेट लिएका छन् ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो । अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्बाधिक ८० रन बनाए भने इब्राहिम जर्दानले ४४ र अजमातुल्लाह ओमरजाईले २२ रन बनाएका थिए ।
यो अफगानिस्तानको न्यूजील्याण्डविरुद्ध टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्मकै पहिलो खेल हो । समुह सी मा रहेको अफगानिस्तानले लगातार दोस्रो जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । यस अघि पहिलो खेलमा अफगानिस्तानले युगाण्डालाई पराजित गरेको थियो ।
अब न्यूजील्याण्डले अर्को खेल जुन १३ मा वेस्ट इन्डिजसँग खेल्ने छ भने अफगानिस्तानले जुन १४ मा पिएनजीबिरुद्ध खेल्ने तालिका रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - १२:२२
चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य पाउन नसकेपछि यह...
बैशाख १४ गते, २०८३ - १२:०२
काठमाडौं । मन्त्रिपरिषद् को बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे सिंहदरबार मा बस्ने तय गरिएको छ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित एजेन्डामाथि छल...
बैशाख १४ गते, २०८३ - ११:४५
जाजरकोट। कक्षा १२ को परीक्षाका क्रममा जाजरकोटका दुई परीक्षा केन्द्रबाट परीक्षार्थीहरूको साथबाट ४० थान मोबाइल बरामद गरिएको छ । सोमबारदेखि सुरु भएको परी...
बैशाख १४ गते, २०८३ - ११:१०
सर्लाही । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१५ पिडखोल्सा बस्ने ३२ वर्षका प्रेमबहादुर थिङ(दाव...
बैशाख १४ गते, २०८३ - १०:५६
म्याग्दी। धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेक...
बैशाख १४ गते, २०८३ - १०:५६
म्याग्दी। धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेक...
बैशाख १४ गते, २०८३ - १०:४३
पोखरा। जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस रकमसहित पक्राउ परेको छ । लागुऔषधसम्बन्...
बैशाख १४ गते, २०८३ - १०:३१
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीमा सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान अन्तर्गत आज पनि डोजर परिचालन गरिएको छ। सोमबार बिहानद...
बैशाख १४ गते, २०८३ - १०:११
सप्तरी। जङ्गली हात्तीको आक्रमणबाट सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६६ वर्षीय यज्ञ...
बैशाख १३ गते, २०८३ - १७:०७
काठमाडौं। संघीय सरकार र काठमाडौं महानगरपालिका ले सुकुमबासी बस्ती हटाउन थालेपछि प्रभावित तथा अन्य व्यक्तिहरू दशरथ रंगशालामा नाम दर्ता गराउन पुगेका छन्।...


प्रतिकृया लेख्नुहोस्: