मकवानपुर । मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट रु १९ करोड खर्चेर निर्माण गरेका तीनवटा पक्की पुल शनिबारदेखि सञ्चालन भएका छन् ।
मनहरीको लामिटार–मकरी–चकरी–बेलडाँडा हुँदै हेटौँडा नगरको पदमपोखरी जोड्ने सडकअन्तर्गत निर्माणाधीन पाँचवटा पुलमध्ये निर्माण सम्पन्न भएका ती पुल सञ्चालन भएका हुन् ।
वाग्मती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले पुलको उद्घाटन गर्दै प्रत्यक्ष रूपमा जनता लाभान्वित हुने विकास– निर्माणका कामलाई तीनवटै तहका सरकारले विशेष प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए उनले मनहरिपालिकाले पुल निर्माणका निम्ति गरेको प्रयासको सराहना गरे।
कार्यक्रममा दिइएको जानकारीअनुसार निर्माण पूरा हुन बाँकी दुईवटामध्ये ठाडेखोलाको पुल एक महिनाभित्रै सम्पन्न गर्न आफूले प्रयास गरिरहेको र हाँडीखोलाको पुल पनि केही महिनाभित्रै पूरा लक्ष्यका साथ धमाधम काम भइरहेको छ । मनहरी–१ र २ जोड्ने च्यापल खोला पुल, ३ र ४ जोड्ने ट्वाङग्रा खोला पुल र ३ र ४ वडालाई नै जोड्ने मसिने खोला पुल निर्माण सम्पन्न भएको हो । तीन स्पानको च्यापल खोला पुल ९७ दशमलव नौ मिटर लामो यो पुल रु ६ करोड २८ लाख ९८ हजारमा सम्झौता भएको हो । दुई स्पानको ट्वाङग्रा खोला ६४ दशमलव १५ मिटर लामो पुल निर्माण गर्न रु छ करोड ४९ लाख ६० हजार खर्च गरिएको छ । यस्तै दुई स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल रु छ करोड ५९ लाख ५० हजारमा निर्माण भएको हो ।
तीनवटा पुल निर्माण सम्पन्न गर्न गाउँपालिकाले रु १९ करोड ३८ लाख खर्चिएको अध्यक्ष रञ्जन कालाखेतीले बताए। दुई वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै निर्माणको काम थालिएको भए तापनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी पुल निर्माण सकेको हो । एकैदिन ठेक्का सम्झौता गरिएको पाँचवटामध्ये तीनवटा पुल निर्माण सकिएको र दुईवटा पुल निर्माणको काम जारी छ ।
हिराचन–बानियाँ जेभीसँग रु आठ करोड ६७ लाख पाँच हजारमा सम्झौता गरी निर्माणाधीन ठाडोखोला पुलको काम करिब ८५ प्रतिशत र भैरव–नारायणम् जेभीसँग रु पाँच करोड ३५ लाख ५१ हजारमा ठेक्का सम्झौता गरिएको हाँडीखोला पुलको काम करिब ६५ प्रतिशत काम पूरा गाउँपालिका अध्यक्ष कालाखेतीले जानकारी दिए। पाँचवटै पुल निर्माण सम्पन्न हुँदा गाउँपालिकाको करिब रु ३३ करोड ५० लाख खर्च हुने उनले जानकारी दिए।
कार्यक्रममा गाउँपालिकाका पूर्वउपाध्यक्ष मनिला विष्ट, वडाध्यक्ष शिव खनाल, राजकुमार पाख्रिन, अनन्तप्रकाश अर्याल, प्रकाश थापा, मनहरी–४ का पूर्ववडाध्यक्ष ध्रुव खड्का, संविधानसभा सदस्य राजाराम स्याङ्तान, गाउँपालिका उपाध्यक्ष सीता पुलामीले जतप्रतिनिधिहरू जनचाहनाअनुसार काम गर्न सधैँ तत्पर हुनुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: