काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले संघकै सदस्यहरुले नेपाली क्रिकेटलाई बदनाम गराउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत खड्काले संघका पदाधिकारी र नेपाली क्रिकेटलाई नै बदनाम गराउन संघ भित्रका सदस्यहरुले प्रयास गरिनु दुखद भएको टिप्पणी गरेका हुन् ।
उनले कयौं चुनौती र कठिनाइहरुलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैंमा महत्वपूर्ण रहेको बताएका छन् ।
पारसले भनेका छन्- नेपाल क्रिकेटको अभिभावकीय संस्था रहेको नेपाल क्रिकेट संघ ( क्यान ) ले समग्र नेपाली क्रिकेट र खेलाडीहरुको पक्षमा काम गर्दै आएको छ। पछिल्लो ९ महिना यता नेपाल क्रिकेट भित्र भएका केहि सराहनीय कार्यको फल स्वरुप सिंगो, संस्था नेपाल क्रिकेट संघ (क्यान) वर्तमान अवस्थामा सुमार्ग र सफलताको यात्रामा अघि बढीरहेको सर्वविदितै छ।
कयौं चुनौती र कठिनाइहरुलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैंमा महत्वपुर्ण रहेको छ । यद्यपि यी सबैका विच, संघका अध्यक्ष, सचिव लगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउंदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित यसै संघ भित्रका केही सदस्यहरुले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैंमा दुखद: हो।
नेपाली क्रिकेटमा खेलाडीको रुपमा मैले देशको झण्डा ओड्दै यसको गरिमा र मान-प्रतिष्ठालाई थप उचाईमा लग्नका निम्ति गरेको २० वर्षको प्रयासलाई सम्झंदै यस खेलको विकासमा आफुलाई समर्पित गर्ने निधो गरेको हुँ। नेपाललाई क्रिकेटिंग राष्ट्रका रुपमा आत्मनिर्भर बनेको हेर्ने हामी सबैको सपनालाई साकार पार्दै नेपाल क्रिकेट संघको गरिमालाई थप उचाईमा पुर्याउनु मेरो लक्ष्य, जिम्मेवारी र प्रमुख कर्तव्य ठानेको छु - र यसै सपनालाई साकार पार्न संस्थागत रुपबाट केही गरौं भन्ने सोचका साथ खेलाडी जीवनबाट सन्यास लिंदै नेपाल क्रिकेट संघको जिम्मेवारीपुर्वक काम गर्न पाउनु मेरो लागि सवैभन्दा ठुलो अवसर समेत ठानेको छु।
यस विचमा मैले २० वर्ष देशको लागि खेलाडीका रुपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आंच आउने गरि केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहिन वक्तव्यहरुको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानविन सहित संस्थागत पद्दतिबाट छिट्टै नै कानुनि उपचार समेत खोजिने छ।
साथै, नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरुलाई समेत यस प्रकारका व्यक्तिगत राजनीतीक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन समेत हार्दिक अनुरोध गर्दछु।
विश्वकप जस्तो सर्वोच्च मंचमा नेपाली राष्ट्रिय क्रिकेट टोली सहभागी भैरहेको यो समयमा हामी सबैको ध्यान र साँचो समर्थन हाम्रो टोली र खेलाडीहरु प्रति रहनु आवश्यक रहेको छ। यो क्षणमा हामी सबैको मुख्य प्राथमिकता भनेको क्रिकेट हो भन्ने पक्षलाई मनन गर्दै सिंगो विश्वसामु लडिरहेका हाम्रा खेलाडीहरुको मनोवल र हौसला बढाईदिनु हुन र नेपाली टोलीलाई समर्थन गरिदिनुहुन समेत अनुरोध गर्दछु ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...
पौष ७ गते, २०८२ - १४:१७
काठमाडौं। गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत ओसियन म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रक...
पौष ७ गते, २०८२ - १३:२७
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवकको शव फेला परेको छ। भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आ...
पौष ७ गते, २०८२ - १३:१७
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वा...
पौष ७ गते, २०८२ - १३:०१
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले रविकिरण ह...
पौष ७ गते, २०८२ - १२:५३
गुल्मी। रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । बिक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कसी आगलागी भएको हो । अहिले रेसुङा ...




प्रतिकृया लेख्नुहोस्: