काठमाडौं। नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन हुने भएकाे हाे ।
सहमतीकाे प्रयास भएपनि सहमती हुन नसकेपछि उम्मेदवारी दर्ता भएकाे र विद्युतीय उपकरणमार्फत मतदानको तयारी भएको जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाले जानकारी दिए ।
अध्यक्ष पदका लागि निरौला र निर्मल देउवाबीच प्रतिस्पर्धा हुँदैछ भने उपाध्यक्षमा विश्वराम सापकोटा, नमराज पराजुली, नवराज भट्ट र विदुरविक्रम खड्काले उम्मेदवारी दिएका छन् ।
यस्तै सचिवमा राजेश शाक्य र सत्यनारायण डङ्गोल तथा उपसचिवमा उद्धव भण्डारी, विन्दु मर्हजन, गुञ्जमान सिंह बस्नेत र तारा भण्डारीको उम्मेदवारी दर्ता भएको छ ।
अधिवेशनले पदाधिकारीसहित दुई सय २५ सदस्यीय जिल्ला कमिटी र सात सदस्यीय लेखासमिति निर्वाचित गर्नेछ । अधिवेशनमा पाँच सय ८५ प्रतिनिधि छन् भने बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।
अधिवेशनको यही जेठ २६ गते एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २६ गते, २०८१ - ०८:४०
कास्की। बहुमूल्य पत्थर दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठग्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका वडा नं.५ स्थायी घर ...
माघ २६ गते, २०८१ - ०८:४०
कास्की। बहुमूल्य पत्थर दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठग्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका वडा नं.५ स्थायी घर ...
माघ २६ गते, २०८१ - ०८:३७
पर्वत । पर्वतमा निर्माणाधिन पाँच वटा सडक योजनालाई पूर्णता दिनका लागि थप बजेट विनियोजन गरिएको छ । स्तरोन्नतिसहित कालोपत्रको काम भइरहेका सडक पूर्णरूप...
माघ २६ गते, २०८१ - ०८:३२
नाफा र कमिसनमा रमाइरहेका निजी कम्पनी र औषधी पसलले फाइदा नहुने काम किन गर्थे ?
माघ २६ गते, २०८१ - ०८:३२
नाफा र कमिसनमा रमाइरहेका निजी कम्पनी र औषधी पसलले फाइदा नहुने काम किन गर्थे ?
माघ २६ गते, २०८१ - ०८:२०
काठमाडौं। कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...
माघ २६ गते, २०८१ - ०८:२०
काठमाडौं। कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...
माघ २६ गते, २०८१ - ०७:४३
काठमाडौं । ब्रह्माण्ड रहस्यले भरिएको छ। संसारभरका एजेन्सीहरूले यसबारे सधैभरी अनुसन्धान गरिरहेका हुन्छन र केही रहस्यहरू उजागर पनि गरिरहेका हुन्छन । ...
माघ २६ गते, २०८१ - ०७:३८
काठमाडौं । बैतडीको अद्भूत श्रीवनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग शक्तिपीठ चार सय १८ वर्ष पहिले विभेदमुक्त छ। पाटन नगरपालिका वडा नम्बर ३ गुजरमा अवस्थित श...
माघ २६ गते, २०८१ - ०७:३८
काठमाडौं । बैतडीको अद्भूत श्रीवनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग शक्तिपीठ चार सय १८ वर्ष पहिले विभेदमुक्त छ। पाटन नगरपालिका वडा नम्बर ३ गुजरमा अवस्थित श...
प्रतिकृया लेख्नुहोस्: