एजेन्सी । यमनमा दुई सय भन्दा बढी आप्रवासी बोकेको डुङ्गा डुब्दा अफ्रिकाबाट आप्रवासन मार्गमा प्रकोपमा परेका कम्तिमा ३९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीयको एजेन्सीले मङ्गलबार जनाएको छ ।
यमन तटमा भएको दुखद घटनामा सोमबार दुई ६० आप्रवासी बोकेको डुङ्गा डुब्दा ३९ जनाको मृत्यु हुनुका साथै एक सय ५० बेपत्ता भएका छन् भने ७१ जनाको उद्धार गगरिएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले सोमबारको डुबानलाई उल्लेख गर्दै एक्समा सार्वननिक गरेको छ ।
प्रत्येक वर्ष हर्न अफ अफ्रिकाबाट हजारौँ आप्रवासीहरू द्वन्द्व, प्राकृतिक प्रकोप वा कमजोर आर्थिक सम्भावनाबाट बच्न तेल–धनी खाडीमा पुग्न लाल सागर पार गर्न निस्कन्छन् ।
अप्रिलमा, दुई डुङ्गाहरू जिबूतीको तटमा दुई हप्ताको अन्तरमा डुबेका थिए, जसमा दर्जनौँको मृत्यु भएको थियो ।
आइओएमले यस वर्ष समावेश नगरी सन् २०१४ देखि आप्रवासन मार्गमा कुल एक हजार तीन सय ५० जनाको मृत्यु भएको जनाएको छ । सन् २०२३ मा मात्रै, यसले समुद्रमा हराएको एक सय पाँच सहित मार्गमा कम्तिमा छ सय ९८ जनाको मृत्यु भएको बताएको छ ।
आइओएमले मङ्गलबार जिवित मानिसहरूलाई तत्काल सहायता प्रदान गरिरहेको बताएको छ । यमनमा सफलतापूर्वक पुग्ने आप्रवासीहरूले प्रायः आफ्नो सुरक्षाका लागि थप खतराहरूको सामना गर्छन् । अरब प्रायद्वीपको सबैभन्दा गरिब देश एक दशकदेखि गृहयुद्धमा फसेको छ । धेरैले साउदी अरब र अन्य खाडी अरब देशहरूमा पुग्ने प्रयास गरिरहेका छन् जहाँ उनीहरू मजदुर वा घरेलु कामदारको रूपमा काम गर्छन ।
अगस्टमा ह्युमन राइट्स वाचले साउदी सीमा रक्षकहरूलाई मार्च २०२२ र जुन २०२३ को बिचमा यमनबाट खाडी राज्यमा प्रवेश गर्न खोज्ने कम्तिमा सयौं इथियोपियालीहरूको हत्या गरेको आरोप लगाएको थियो । रियादले समूहको निष्कर्षलाई निराधार र भरपर्दो स्रोतहरूमा आधारित नभएको भन्दै खारेज गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: