काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्र काम गरिरहेका चार बाल श्रमिकको उद्धार गरेको छ। बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घरमा काम गर्ने दुई बालक र दुई बालिकालाई महानगरपालिकाले अनुगमन गरी उद्धार गरेको हो।
मेयरको सचिवालयका सदस्य धिरज जोशीका अनुसार चारजना बालबालिकामध्ये तीन जनाको नागरिकता नभएको र एक जनाको नागरिकतामा १६ वर्ष उमेर भन्दा कम देखिएको छ।
उनले भारतीय बालबालिका थिए भन्ने गुनासो आएको भएता पनि अनुगमनका क्रममा त्यस्तोनभेटिएको जानकारी दिए। दिनभर काम गर्नुपर्ने र विद्यालय जान नपाउने बालबालिकाहरूको उद्धार गरिएको उनले सुनाए।
जोशीले भने, ‘देशको सबैभन्दा ठूलो प्रशासनिक केन्द्र सिंहदरबारमा नागरिकता नबनेका कलिला बच्चाहरूलाई कसरी काममा लगाइयो भन्ने सोच्नुपर्ने विषय हो । यसले धेरै प्रकारको सुरक्षामा प्रश्न उठाएको छ।’
महानगरपालिका केही दिनदेखि बाल श्रमिकविरुद्धको अभियान चलाइरहेको छ। यसै क्रममा सिंहदरबारभित्रका चार बालबालिकाको उद्धार गरिएको हो।
यो अभियानअन्तर्गत, बालश्रमको अन्त्य गर्नका लागि महानगरपालिकाले सरकारी निकायहरूसँगको समन्वयमा काम गरिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - २१:५९
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाईसमेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेका छन्...
पौष ८ गते, २०८१ - २१:५२
काठमाडौं । हुम्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । जिल्लाको सर्केगाड गाउँपालिकामा रहेको नेपाल टेलिकमका वी.टी.एस. टावरमा क्षती पुर्याईएका कारण से...
पौष ८ गते, २०८१ - २१:५२
काठमाडौं । हुम्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । जिल्लाको सर्केगाड गाउँपालिकामा रहेको नेपाल टेलिकमका वी.टी.एस. टावरमा क्षती पुर्याईएका कारण से...
पौष ८ गते, २०८१ - २१:३४
काठमाडौं । जनता समादवादी पार्टी नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले शासकको साम्प्रदायिक चरित्र खेलप्रेमीमा पनि देखिनुु दुखद् भएको बताएका छन् । ...
पौष ८ गते, २०८१ - २१:३०
काठमाडौं । लोकप्रिय नायिका प्रियंका कार्की अभिनित गायिका नम्रता तामाङको गीत 'दिलमा चुकुल'को म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित संगीतकार ...
पौष ८ गते, २०८१ - १२:१८
काठमाडौं । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौड...
पौष ८ गते, २०८१ - १२:०२
काठमाडौं । जिल्ला अदालतले थुनामा राख्न पठाइएकी प्रहरी इन्स्पेक्टर बीनुकुमारी शाहीलाई अहिले फेरि अदालत लगिदैछ । आइतबार बयानका निम्ति इन्स्पेक्टर शा...
पौष ८ गते, २०८१ - ११:४०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रत...
पौष ८ गते, २०८१ - १०:२९
कैलाली । भारतीय पक्षले नेपाली भूमिमा हस्तक्षेप नगर्ने बताएपछि एक्स्काभेटर र चालकलाई नियन्त्रण मुक्त गरिएको छ । महाकाली नदीमा तटबन्ध बनाउने क्रममा भारत...
पौष ८ गते, २०८१ - १०:२९
कास्की । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बय...
प्रतिकृया लेख्नुहोस्: