Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

देशभर अघोषित लोडसेडिङ !

छिनछिनमै बत्ती जाँदा तराइकाे जनजीवन झन कष्टकर बन्दै

खबरडबली संवाददाता

काठमाडौं । गत शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले गर्मीका कारण अस्तव्यस्त बनेको जनजीवनमा अघोषित लोडसेडिङले थप पीडा दिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

शून्य समयमा बोल्नेमध्ये राप्रपाका सांसद धवलशमशेर राणाले नेपालगञ्ज क्षेत्रमा नेसनल ग्रिडलाई व्यवस्थित गरेर बत्ती नजाने व्यवस्था मिलाउन माग गरेका थिए ।

अत्यधिक गर्मीका कारण नेपालगञ्जमा ४३ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको छ । पश्चिमदेखि पूर्वी तराई र मधेश क्षेत्रमा पनि तातो हावा लू का कारण जनजीवन अत्यधिक कष्टकर बनेको छ ।  दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र लू चल्ने गरेको छ । अहिले गर्मीबाट बच्ने एक मात्र उपाय भनेको पंखा, कूलर या एसी हो ।

नेपाल विद्युत प्राधिकरणको कमजोर व्यवस्थापनका कारण भएको अघोषित लोडसेडिङले सामान्य जनता गर्मीका कारण पीडादायी अवस्था गुजार्न बाध्य छन् ।  यसैगरि सोही बैठकमा नेकपा एमालेकी सांसद निर्मला कोइरालाले पनि गर्मीको समयमा बत्ती नजाने व्यवस्था मिलाउन माग गरेकी थिइन् । एमालेकै सांसद दीपा शर्माले बाँकेलगायत कर्णाली प्रदेशका जनताले लोडसेडिङ अन्त्य भएको अनुभूति गर्न नपाएको बताइन् ।

अघोषित लोडसेडिङले जीवन कष्टकर

गर्मीकै कारण पछिल्लो एक सातामा कैलालीको कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर राना मगरको मृत्यु भएको छ भने रौतहटमा अर्का एक बटुवाले ज्यान गुमाएका छन् । गत जेठको दोस्रो साता झापाको मेचीनगरमा ७४ वर्षका नरबहादुर श्रेष्ठले गर्मीकै कारण ज्यान गुमाए । सोही दिन बुद्धशान्तिको जयपुरमा एक बेवारिसे शव फेला पर्‍यो । उनको पनि गर्मीकै कारण मृत्यु भएको प्रहरीको अनुमान छ ।

अत्यधिक गर्मीले  एक मिनेट बत्ती जाँदा पनि मान्छेलाई गाह्रो भइरहेको यस्तो समयमा विभिन्न बहानामा विद्युत् लोडसेडिङ भइरहेको नेपालगञ्ज उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल अन्सारीले बताए ।  उनले उपभोक्ताले महसुल तिरेपछि विद्युत पाउनु अधिकार भएको बताए । 

पछिल्लाे समय काेशी प्रदेश राजधानी  विराटनगरमा उखरमाउलो गर्मीमा बत्ती झ्याप्पझ्याप्प जाँदा व्यापार व्यवसाय ठप्प छ भने सर्वसाधारण पनि गर्मीले आक्रान्त छन् । अघोषित लोडसेडिङका कारण आफ्नो रोजीरोटीनै गुम्ने खतरा बढेको विराटनगरमा स्ट्याम्प छापको पसल गर्ने बुद्धि सुवेदीले बताए  । विद्युत सेवा अनियमित हुँदा न घर बस्न सकिने, न बाहिर जान सकिने परिस्थिति आएको अर्का स्थानीय प्रकाश अधिकारीले बताए ।

विराटनगर औद्योगिक क्षेत्रलाई पनि लोडसेडिङले हैरान बनाएको छ । दिनमा ६/७ पटक बिजुली ट्रीप हुँदा उद्योगको क्षमता ३० प्रतिशतमा झरेको विराटनगरका उद्योगी राकेश सुनारले बताए ।  विराटनगरमा अहिले  दैनिक १० घण्टासम्म विद्युत जाने गरेको उद्योगीहरुको भनाइ छ । 

यसैगरी बुटवल-भैरहवा औद्योगिक कोरिडोरमा पनि अहिले १२ घण्टाभन्दा बढी लाइन जाने गरेको छ । कोरिडोरमा मात्र होइन, सर्वसाधारणको घरबाट पनि विद्युत गायब हुँदा गर्मी झन् कष्टकर बनेको छ । त्यस क्षेत्रमा रहेको औद्योगिक कोरिडोरमा त अघोषित लोडसेडिङ हुने समस्या पुरानै हो ।

पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहुले बुटवल-भैरहवा कोरिडोरका ठूला उद्योगले १२ घण्टासम्म निरन्तर लोडसेडिङ खेप्दै आएको बताए ।  उनले बिहान ५ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि १० बजेसम्म लाइन कटौती हुने गरेको बताए ।

भैरहवा-लुम्बिनी कोरिडोरमा अघोषित लोडसेडिङको समस्या झनै धेरै रहेको बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराईले बताए । प्राधिकरणले नियतवश नै बुटवल-भैरहवा क्षेत्रमा लाइन काटिरहेको उनको दाबी छ । 

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन घोषले पश्चिमको टनकपुर सप्लाइ र पूर्वको ढल्केबरमा समस्या आएको, निजी क्षेत्रले भने जति विद्युत नदिएको र पूर्वाधारको पर्याप्त विकास नभएको कारण देखाए ।

पश्चिममा अलिअलि समस्या देखिएकोले टनकपुरबाट लिएको सप्लाइमा समस्या आउने गरेको उनकाे भनाइ छ । हावाहुरीका कारणा पनि समस्या हसने गरेकाेले चुनौतीका कारण विद्युत आपूर्ति बन्द भएको बताए ।

ढल्केबर प्रसारण लाइन सञ्चालनमा आएपछि विराटनगरलगायत पूर्वी क्षेत्रमा समस्या समाधान हुने उनले बताए । फागुनमा सम्पन्न हुनुपर्ने आयोजना जेठको अन्त्यसम्म पनि सञ्चालनमा नआएको  र कसले अवरोध गरिरहेको छ याे विषय सबैले खाेज्नु पर्ने उनकाे भनाइ छ  ।

 

निजी क्षेत्रका जलविद्युत आयोजनाले उत्पादन गर्छु भनेर प्रतिबद्धता जनाएको विद्युत उत्पादन नगर्दा पनि समस्या आएको उनको जिकिर छ । निजी क्षेत्रबाट यति विद्युत दिन्छौं  भन्ने तर कति दिन्छ यो उनीहरूलाइ नै सोध्नुपर्ने उनले बताए  ।नयाँ पूर्वाधार नबनेसम्म यो सबै समस्याको समाधान हुन नसक्ने उनकाे भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy